अन्तर्राष्ट्रिय मानवअधिकार संस्था एम्नेष्टीको को-सेक्रेटरीमा राजेन्द्र रैका

Image
Nisarga Hospital

अत्तरियाः कैलालीका अत्यन्तै सकृय मानवअधिकार तथा सामाजिक अभियन्ता,अधिकारकर्मी राजेन्द्र रैका एम्नेस्टी ईन्टरनेशनल नेपाल समूह -४४ को- सेक्रेटरीमा पुन:निर्बिरोध निर्वाचित भएका छन् ।

CP Hospital Dhangadhi

धनगढीमा सम्पन्न एम्नेस्टी ईन्टरनेशनल नेपालको आँठौ अधिबेशन सभाबाट रैका को- सेक्रेटरीमा निर्वाचित भएका हुन ।

अधिकारकर्मी रैका दुई दशक देखि मानवअधिकार सामाजिक न्याय,रुपान्तरण, युवा सशक्तीकरण,दलित सिमान्तकृत समुदायको हक अधिकार एंव सामाजिक बिकासका क्षेत्रमा कृयाशिल छन् ।

nawajiwan
Attariya Hospital

कैलाली जिल्लामा रहि सामाजिक एंव मानवअधिकारका क्षेत्रमा महत्त्वपूर्ण योगदान पुर्याए बाफत यसअघि उनी युवा प्रतिभा राष्ट्रिय सम्मान २०७८ बाट समेत सम्मानित भई सकेका छन्

अधिकारकर्मी रैका सामाजिक बिकास जागरण मंच नेपालका केन्द्रीय अध्यक्ष,मानवअधिकार संरक्षण मंच नेपालका सुदूरपश्चिम प्रदेश सचिब, सुदूरपश्चिमको ऐतिहासिक कैलाली जनपुस्तकालयको संचालक समितिका कोषाध्यक्ष,दलित गैरसरकारी संस्थामहासंघका सुदूरपश्चिम प्रदेश सहसचिव र दलित अधिकारका लागि राष्ट्रिय संजालका महासचिव पदमा रहि मानवअधिकार तथा सामाजिक न्याय र रुपान्तरणको क्षेत्रमा कृयाशिल छन् ।