आज पहाडी क्षेत्रमा वर्षाको सम्भावना, तराईका केही स्थानमा हावाहुरीको चेतावनी

Image
Nisarga Hospital

हाल देशभर मनसुनी वायुको प्रभाव कायम रहेकाले सोमबार पनि अधिकांश क्षेत्रमा बदली र वर्षाको सम्भावना रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यून चापीय रेखा नेपालको पूर्वी भू–भागमा सरदर स्थानभन्दा दक्षिणतर्फ तथा पश्चिमी भू–भागमा सरदर स्थानकै आसपासमा अवस्थित छ।

CP Hospital Dhangadhi

हाल कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा सामान्यदेखि पूर्ण बदली रहेको छ भने मधेस प्रदेशमा आंशिक बदली छ। कोशी, बागमती, गण्डकी र लुम्बिनी प्रदेशका थोरै स्थानमा मेघगर्जन र चट्याङसहित मध्यम वर्षा भइरहेको महाशाखाले जनाएको छ।

Attariya Hospital

आज हिमाली तथा पहाडी भू–भागमा सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिमका तराई क्षेत्रमा पनि बदली रहने अनुमान गरिएको छ भने कोशी, मधेस र बागमतीका तराई क्षेत्रमा आंशिक बदली रहनेछ।

nawajiwan

हिमाली तथा पहाडी क्षेत्रका केही स्थानमा मेघगर्जन, चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। कोशी प्रदेशको तराई र मधेसका एक–दुई स्थानमा मध्यम वर्षा हुन सक्ने अनुमान गरिएको छ। साथै मधेस तथा कोशी र बागमती प्रदेशका तराईका केही स्थानमा हावाहुरी चल्न सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।