बैतडीमा घर भत्किँदा गर्भवतीसहित तीन जना घाइते

Image
Nisarga Hospital

बैतडीको मेलौली नगरपालिका–१ सिराडमा दुईतले घर भत्किँदा गर्भवती महिलासहित एकै परिवारका तीन जना घाइते भएका छन्। सोमबार बिहान करिब ४ बजे सुने पार्कीको चारकोठे दुईतले घरको मुख्य जुवा भाँचिएर बीचको तला भत्किँदा दुर्घटना भएको जिल्ला प्रहरी कार्यालय बैतडीले जनाएको छ।\

CP Hospital Dhangadhi

दुर्घटनामा १८ वर्षीया मनिषा पार्की, १३ वर्षीया चाँदनी पार्की र २२ वर्षीया प्रिया पार्की घाइते भएका छन्। प्रहरीका अनुसार प्रिया आठ महिनाकी गर्भवती हुन्। उनको ढाडमा, मनिषाको कम्मरमा र चाँदनीको घुँडामा चोट लागेको छ।

Attariya Hospital

घाइते तीनै जनाको केशरपुर प्राथमिक स्वास्थ्य केन्द्रमा उपचार भइरहेको प्रहरीले जनाएको छ। घर भत्किँदा गोठमा बाँधिएका दुई वटा बाख्रा पनि घाइते भएका छन्।

nawajiwan

घटनाको कारणबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ।