बर्सात लाग्नासाथ गोदावरीको फुलबस्ती सडक अवरुद्ध, चार–पाँच महिना यातायात ठप्प हुँदा स्थानीयको सास्ती

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको गोदावरी नगरपालिका–४ अन्तर्गत चुरे क्षेत्रमा पर्ने बेलपानी–फुलबस्ती सडक बर्सातसँगै फेरि अवरुद्ध भएको छ। सडकमा आएको भेलले करिब ११ किलोमिटर खण्ड पूर्ण रूपमा क्षतिग्रस्त बनाएपछि अत्तरियाबाट सञ्चालन हुँदै आएको सार्वजनिक जिप सेवा बन्द भएको छ। स्थानीयका अनुसार अहिले मोटरसाइकलसमेत चलाउन नसकिने अवस्था छ।

CP Hospital Dhangadhi

छ वर्षअघि निर्माण भएको यो सडक हरेक वर्ष बर्खायाममा अवरुद्ध हुने गरेको छ। सडक बन्द भएपछि फुलबस्तीसहित सात बस्तीका दुई सयभन्दा बढी घरधुरी अत्तरिया बजारसँगको सम्पर्कबाट लगभग विच्छेद भएका छन्। शिक्षा, स्वास्थ्य, दैनिक उपभोग्य सामग्री तथा अन्य आधारभूत सेवाका लागि अत्तरियामै निर्भर स्थानीयले वर्षेनि चारदेखि पाँच महिना ठूलो सास्ती भोग्नुपरेको गुनासो गरेका छन्।

स्थानीय रमेश रोकायाले सडकमा ग्राभेल, नाला, होमपाइप र जालीसहित दिगो स्तरोन्नति गर्न पटक–पटक माग गरे पनि सुनुवाइ नभएको बताएका छन्। चालु आर्थिक वर्षमा प्रदेश सरकारले सडक सुधारका लागि २५ लाख रुपैयाँ विनियोजन गरे पनि बजेट कार्यान्वयन हुन सकेको छैन।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

वडाध्यक्ष हेमप्रकाश मल्लका अनुसार सडकका तीव्र मोड र वर्षे भेल नै मुख्य समस्या हुन्। नगरपालिकाले हरेक वर्ष करिब १० लाख रुपैयाँ खर्च गरेर असोज–कार्तिकमा मर्मत गरे पनि दीर्घकालीन समाधान नहुँदा स्थानीयले वर्षेनि उस्तै सास्ती खेप्न बाध्य भइरहेका छन्।

Dhnagadhi & Krishanapur