एनपीएल तेस्रो संस्करणको खेलाडी अक्सन आज, ५२ खेलाडी अनुबन्ध हुने

Image
Nisarga Hospital

काठमाडौंमा आज सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि खेलाडी अक्सन हुँदैछ। नेपाल क्रिकेट संघ (क्यान) ले अक्सनका लागि आवश्यक सम्पूर्ण तयारी पूरा भएको जनाएको छ।

CP Hospital Dhangadhi

क्यानका अनुसार प्रारम्भिक रूपमा नाम दर्ता गराएका ३४७ खेलाडीमध्ये छनोट गरी १५५ जनालाई अन्तिम सर्टलिस्टमा राखिएको छ। तीमध्ये क्याटेगोरी ‘ए’ मा ५, ‘बी’ मा २७ र ‘सी’ मा १२३ खेलाडी रहेका छन्।

Attariya Hospital

अक्सनमार्फत विभिन्न फ्रेन्चाइज टोलीहरूले कुल ५२ खेलाडी अनुबन्ध गर्नेछन्। यस संस्करणदेखि लागू गरिएको नयाँ व्यवस्थाअनुसार प्रत्येक टोलीमा मार्की खेलाडी र ट्यालेन्ट हन्टबाट छनोट भएका खेलाडीसहित कुल १४ जना नेपाली खेलाडी समावेश हुनेछन्।

nawajiwan

क्यानका सचिव पारस खड्काले अक्सन प्रक्रिया पारदर्शी, निष्पक्ष र व्यवस्थित रूपमा सञ्चालन हुने गरी सम्पूर्ण तयारी पूरा भएको जानकारी दिएका छन्। एनपीएलको तेस्रो संस्करणलाई थप प्रतिस्पर्धात्मक र व्यवस्थित बनाउन नयाँ नियम लागू गरिएको क्यानले जनाएको छ।