अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा कमल कडायतको दाबी, चुनावी सचिवालय सञ्चालन

Image
Nisarga Hospital

अत्तरियाः अत्तरिया उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका दावेदार कमल कडायतले चुनावी सचिवालय सञ्चालनमा ल्याएका छन्। अत्तरियाको धनगढी रोडस्थित बडिमालिका रिकण्डिसन हाउस रहेको भवनबाट उनले आफ्नो चुनावी गतिविधि औपचारिक रूपमा सुरु गरेका हुन्।

CP Hospital Dhangadhi

संघको २७ र २८ असारमा हुने निर्वाचन तथा साधारणसभालाई केन्द्रमा राख्दै कडायतले व्यवसायीहरूसँग भेटघाट, छलफल र चुनावी कार्यक्रमलाई तीव्रता दिएका छन्।

कडायत २०७५ सालको निर्वाचनमा उपाध्यक्ष (वस्तुगत) पदमा निर्वाचित भएका थिए। २०८० सालको निर्वाचनमा पनि उनी अध्यक्षका आकांक्षी थिए। तर पारिवारिक कारण देखाउँदै अन्तिम समयमा उम्मेदवारीबाट पछि हटेका थिए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

यसपटक भने उनले अध्यक्ष पदमा आफ्नो दाबी बलियो बनाउँदै चुनावी अभियान औपचारिक रूपमा अघि बढाएका छन्। निर्वाचन नजिकिँदै जाँदा अत्तरिया उद्योग वाणिज्य संघको चुनावी माहोल थप सक्रिय बन्दै गएको छ।

Dhnagadhi & Krishanapur