अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा युवा ब्यावसायी रमेश भट्टराईको दाबी

Image
Nisarga Hospital

अत्तरियाः अत्तरिया उद्योग वाणिज्य संघको आगामी निर्वाचनलाई लक्षित गर्दै अध्यक्षका दावेदार युवा ब्यावसायी रमेश भट्टराईले आफ्नो दाबी प्रस्तुत गरेका छन्। लामो समय देखि व्यावसायीको हक हितमा र समाजसेवामा काम गर्दै आएका भट्टराईले अत्तरिया उद्योग वाणिज्य संघको अध्यक्षमा दाबेदारी पेस गरेका छन ।

CP Hospital Dhangadhi

अत्तरिया उद्योग वाणिज्य संघको यही असार २७ र २८ मा हुने निर्वाचन तथा साधारणसभालाई केन्द्रमा राख्दै भट्टराईले व्यवसायीहरूसँग भेटघाट, छलफल र चुनावी कार्यक्रमलाई तीव्रता पार्दै आएका छन् ।

Attariya Hospital

अत्तरिया उद्योग वाणिज्य संघको अघिल्लो कार्यकालमा सदस्य पदमा निर्वाचित भएका थिए। उनी अत्तरियाको महेन्द्रनगर रोडमा कालशैली फर्निचर उद्योगका संचालक हुन ।

nawajiwan

अत्तरिया उद्योग वाणिज्य संघको आगामी निर्वाचन नजिकिँदै जाँदा अध्यक्ष पदका आकांक्षी रमेश भट्टराई व्यवसायी माझ चर्चित नामका रूपमा स्थापित भइरहेका छन्। करिब १८ वर्षदेखि व्यापार–व्यवसायमा निरन्तर सक्रिय रहेका भट्टराईले उद्यमशीलता, सामाजिक सेवा, शिक्षा, खेलकुद र कला क्षेत्रलाई समान प्राथमिकतामा राख्दै आफूलाई जिम्मेवार र समावेशी नेतृत्वका रूपमा प्रस्तुत गर्दै आएका छन्।

स्नातकोत्तर (मास्टर डिग्री) उत्तीर्ण भट्टराई स्पष्ट सोच, प्रभावकारी अभिव्यक्ति र नेतृत्व क्षमताका कारण व्यवसायी समुदायमा परिचित छन्। आफ्नै व्यवसायमार्फत करिब २०–२२ जना युवालाई प्रत्यक्ष रोजगारी सिर्जना गर्दै स्वदेशमै अवसर विस्तारमा योगदान पुर्‍याएको उनको दाबी छ।

समाजसेवामा पनि उनको सक्रियता उल्लेखनीय छ। उनले नेतृत्व गरेका रक्तदान कार्यक्रम, धार्मिक तथा पर्यटकीय क्षेत्रमा वृक्षारोपण अभियान, सामुदायिक विद्यालयका विपन्न तथा जेहेन्दार विद्यार्थीलाई झोला, किताब, कापी, कलम, पोशाक, टेबल, दराजलगायत शैक्षिक सामग्री वितरण जस्ता कार्यले उनलाई सामाजिक उत्तरदायित्व निर्वाह गर्ने व्यवसायीका रूपमा चिनाएको छ।

त्यस्तै, आर्थिक रूपमा विपन्न परिवारलाई खाद्यान्न तथा राहत सहयोग, अपाङ्गता भएका व्यक्ति र बालबालिकालाई आवश्यक सामग्री उपलब्ध गराउने अभियानमा पनि उनी निरन्तर सक्रिय रहेको बताइन्छ।

आगामी निर्वाचनमा व्यवसायीहरूको हित, उद्यम प्रवर्द्धन, रोजगार सिर्जना र सामाजिक उत्तरदायित्वलाई प्राथमिकतामा राख्ने प्रतिबद्धतासहित रमेश भट्टराई नेतृत्वको दौडमा अगाडि बढिरहेका छन्।