सम्पत्ति शुद्धीकरण अनुसन्धानमा जयवीर देउवालाई ७ दिने उपस्थितिको सूचना

Image
Nisarga Hospital

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले नेपाली कांग्रेसका निवर्तमान सभापति तथा पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका छोरा जयवीर देउवालाई सात दिनभित्र विभागमा उपस्थित हुनुपर्ने सूचना जारी गरेको छ। विभागले सम्पत्ति शुद्धीकरणसम्बन्धी जाँचबुझका क्रममा केही विषयमा स्पष्टीकरण तथा जानकारी आवश्यक भएकाले तोकिएको समयभित्र उपस्थित हुन आग्रह गरेको हो।

CP Hospital Dhangadhi

विभागले जारी गरेको पुर्जी बुढानिलकण्ठस्थित जयवीर देउवाको निवासमा टाँस गरिएको जनाएको छ। अनुसन्धान प्रक्रिया अन्तर्गत आवश्यक विवरण संकलन गर्न उनलाई बोलाइएको विभागको भनाइ छ।

Attariya Hospital

यसअघि यही प्रकरणमा विभागले पूर्वप्रधानमन्त्री शेरबहादुर देउवा र उनकी पत्नी आरजु राणा देउवालाई पनि उपस्थित हुन पत्राचार गरिसकेको थियो। देउवा दम्पतीले भने साउन मसान्तसम्म विभागमा उपस्थित हुने जानकारी गराएका छन्।

nawajiwan

विभागले अनुसन्धान नियमित कानुनी प्रक्रियाअनुसार अघि बढिरहेको जनाएको छ। हाल यस विषयमा आवश्यक कागजात तथा सम्बन्धित व्यक्तिहरूसँग बयान लिने कार्य जारी रहेको बताइएको छ।