असारे विकासको प्रभाव : सुदूरपश्चिममा १९ दिनमै बजेट खर्चमा झन्डै १० प्रतिशतको छलाङ

Image
Nisarga Hospital

असार महिना सुरु भएसँगै सुदूरपश्चिम प्रदेशमा बजेट खर्चको गति उल्लेखनीय रूपमा बढेको छ। ‘असारे विकास’को पुरानै प्रवृत्तिअनुसार आर्थिक वर्षको अन्तिम महिनामा खर्च तीव्र बनेको हो। प्रदेश लेखा नियन्त्रक कार्यालयका अनुसार जेठ मसान्तसम्म कुल बजेटको ३५.२० प्रतिशत मात्र खर्च भएकोमा असार १९ गतेसम्म यो बढेर ४४.८१ प्रतिशत पुगेको छ।

CP Hospital Dhangadhi

कार्यालयका प्रमुख वासुदेव जोशीका अनुसार असारको पहिलो १९ दिनमै तीन अर्ब २० करोड ७२ लाख रुपैयाँ बजेट निकासा भएको छ। यससँगै कुल खर्च १४ अर्ब ९८ करोड ३३ लाख रुपैयाँ पुगेको छ।

Attariya Hospital

जेठ मसान्तसम्म पुँजीगततर्फ ५ अर्ब ५५ करोड ५० लाख रुपैयाँ (२८ प्रतिशत) र चालुतर्फ ६ अर्ब २२ करोड ११ लाख रुपैयाँ (४५.७२ प्रतिशत) खर्च भएको थियो। असार १९ सम्म आइपुग्दा पुँजीगत खर्च ७ अर्ब ४६ करोड ८९ लाख रुपैयाँ (३७.६७ प्रतिशत) र चालु खर्च ७ अर्ब ५१ करोड ४३ लाख रुपैयाँ (५५.२६ प्रतिशत) पुगेको छ।

nawajiwan

जोशीका अनुसार असार २० देखि २५ गतेसम्म बजेट निकासा अझ तीव्र हुने भएकाले विशेषगरी पुँजीगत खर्चमा थप वृद्धि हुने अपेक्षा गरिएको छ।