कर्णालीमा बेपत्ता गाडी घटना : एक जनाको शव कैलालीमा भेटियो, तीन जनाको खोजी जारी

Image
Nisarga Hospital

अत्तरिया : असार १८ गते दैलेखको चामुण्डा बिन्द्रासैनी नगरपालिका–७ साङगेतडाबाट कर्णाली नदीमा खसेर बेपत्ता भएको गाडीमा सवार एक जनाको शव कैलालीमा फेला परेको छ। जिल्ला प्रहरी कार्यालय दैलेखका अनुसार कैलालीको मोहन्याल गाउँपालिका–६ मा भेटिएको शव कालिकोटको पचालझरना गाउँपालिका–९ का ६२ वर्षीय मेखे तिरुवाको रहेको सनाखत भएको हो। उनका छोरा रवीन्द्र तिरुवाले शव पहिचान गरेका हुन्।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार उक्त गाडीमा मेखे तिरुवासहित रास्कोट नगरपालिका–२ का सिर्जना खड्का, चालक तुलाराम सुवेदी र सहचालक रामप्रसाद सुवेदी सवार थिए। बाँकी तीन जनाको अवस्था अझै अज्ञात रहेको छ।

Attariya Hospital

सुर्खेतबाट कालिकोटतर्फ जाँदै गरेको कप्र ०२–००१ ख १०५५ नम्बरको गाडी सडकबाट कर्णाली नदीमा खसेपछि यात्रुसहित बेपत्ता भएको थियो।

nawajiwan

बेपत्ता व्यक्ति र गाडीको खोजीका लागि नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, नेपाली सेना तथा उच्च प्रविधियुक्त गोताखोर टोली परिचालन गरिएको छ। ‘रिभर भेहिकल म्याग्नेट’, सोनार, ड्रोन र बोरेस्कोप क्यामराको प्रयोग गर्दै करिब १०० जना सुरक्षाकर्मीले खोजी कार्यलाई निरन्तरता दिएका छन्।