
काठमाडौं जिल्ला अदालतले नक्कली भुटानी शरणार्थी प्रकरणमा फैसला सुनाउँदै ७ जनाबाहेक सबै आरोपितलाई दोषी ठहर गरेको छ।

न्यायाधीश तेजबहादुर खड्काको इजलासले मंगलबार फैसला सुनाएको हो। अदालतले केही दोषीको हकमा तीन वर्षभन्दा बढी कैद सजाय हुन सक्ने भएकाले सजाय निर्धारणका लागि छुट्टै सुनुवाइ गर्ने जनाएको छ। यसका लागि सम्बन्धित प्रतिवेदनसहित पुनः अदालतमा पेश गरिनेछ। अदालतले फैसलाको संक्षिप्त आदेशसमेत सार्वजनिक गरेको छ।


































