अत्तरिया उद्योग वाणिज्य संघ निर्वाचन : कमल कडायतको प्यानल घोषणा, यस्ता छन् उम्मेदवार

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरिया उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि असार २८ गते हुने निर्वाचनको माहोल तातिँदै गएको छ। अध्यक्ष पदका आकांक्षी व्यवसायी कमल कडायतले आफ्नो पूर्ण प्यानल सार्वजनिक गर्दै चुनावी अभियानलाई औपचारिक रूपमा अघि बढाएका छन्।

CP Hospital Dhangadhi

अत्तरियास्थित आफ्नै चुनावी सचिवालयमा आयोजित पत्रकार सम्मेलनमार्फत कडायतले आफ्नो नेतृत्वमा चुनाव लड्ने उम्मेदवारहरूको नाम घोषणा गरेका हुन्। उनले व्यवसायीहरूको हकहित, संस्थागत सुधार, पारदर्शी नेतृत्व तथा संघको प्रभावकारी विकासलाई प्राथमिकतामा राखेर चुनावी मैदानमा उत्रिएको बताएका छन्।

nawajiwan

कडायत नेतृत्वको प्यानलमा वरिष्ठ उपाध्यक्ष पदका लागि धनादेवी चोखाल, वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त र वाणिज्य उपाध्यक्षमा गणेश बोगटी उम्मेदवार रहेका छन्। त्यसैगरी महासचिवमा गम्भीर साउँद, कोषाध्यक्षमा बालकृष्ण ओझा तथा सचिवमा धिरेन्द्र बोहराले उम्मेदवारी दिने भएका छन्।

Attariya Hospital

यस्तै सदस्य पदका लागि डिल्लिराज ओझा, शेखर पनेरु, चन्द्रसिंह धामी र घनश्याम जोशी चुनावी प्रतिस्पर्धामा रहेका छन्।

यसअघि नै कडायतले अत्तरियाको धनगढी रोडमा चुनावी गतिविधि सञ्चालनका लागि सचिवालय स्थापना गरिसकेका छन्। प्यानल घोषणा भएसँगै अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन थप प्रतिस्पर्धात्मक बन्ने संकेत देखिएको छ। निर्वाचनमा विभिन्न समूहबीच नेतृत्वका लागि तीव्र चुनावी गतिविधि चलिरहेका छन्।