शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयले पाउँदै नयाँ नेतृत्व, असार ३१ मा सिनेट बैठक

Image
Nisarga Hospital

शहीद दशरथ चन्द स्वास्थ्य विज्ञान विश्वविद्यालयको उपकुलपति र रजिष्ट्रार नियुक्तिका लागि असार ३१ गते सिनेट बैठक बस्ने भएको छ। शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालय निकट स्रोतका अनुसार बिहान १० बजे शिक्षा मन्त्रालयमा बैठक आयोजना गरिनेछ, जहाँ विश्वविद्यालयका दुई महत्वपूर्ण पदमा नियुक्ति सम्बन्धी निर्णय हुने अपेक्षा गरिएको छ।

CP Hospital Dhangadhi

विश्वविद्यालय ऐनअनुसार गठित सिफारिस समितिले उपकुलपति पदका लागि दुई जना र रजिष्ट्रार पदका लागि तीन जनाको नाम सिनेटसमक्ष सिफारिस गरिसकेको छ। अब सिनेटले सिफारिस गरिएका उम्मेदवारमध्येबाट एक जनालाई उपकुलपति र एक जनालाई रजिष्ट्रारमा नियुक्त गर्नेछ।

Attariya Hospital

यो विश्वविद्यालयको विशेषता भनेको अन्य विश्वविद्यालयभन्दा फरक रूपमा उपकुलपति नियुक्त गर्ने अधिकार प्रत्यक्ष रूपमा सिनेटलाई दिइएको हुनु हो। त्यसैले आगामी बैठकलाई विश्वविद्यालयको भावी नेतृत्व चयन गर्ने महत्वपूर्ण अवसरका रूपमा हेरिएको छ। नयाँ नेतृत्व चयनसँगै विश्वविद्यालयको शैक्षिक, प्राज्ञिक तथा प्रशासनिक गतिविधिले थप गति लिने अपेक्षा गरिएको छ।

nawajiwan