अत्तरिया उद्योग वाणिज्य संघ निर्वाचन: भिस्मा खड्का (जेनिसा) को नेतृत्व सहित प्यानल सार्वजनिक

Image
Nisarga Hospital

अत्तरिया: आगामी २०८३ साल असार २८ गते हुने अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचन नजिकिँदै जाँदा चुनावी माहोल थप तातेको छ। यसैबीच व्यवसायीहरूको हकहित, पारदर्शी नेतृत्व र गोदावरी क्षेत्रको आर्थिक विकासलाई प्राथमिकतामा राख्दै भिस्मा खड्का (जेनिसा) नेतृत्वको प्यानलले आफ्नो चुनावी घोषणापत्र सार्वजनिक गरेको छ।

‘तपाईंको एक मत, व्यवसायीको उज्ज्वल भविष्य’ भन्ने नारासहित चुनावी मैदानमा उत्रिएको प्यानलले संघलाई व्यवसायीमैत्री, उत्तरदायी र प्रविधिमैत्री संस्थाका रूपमा विकास गर्ने प्रतिबद्धता व्यक्त गरेको छ। प्यानलले सार्वजनिक गरेको दृष्टिकोणमा सबै व्यवसायीलाई समान अवसर, पारदर्शी नेतृत्व, व्यवस्थित बजार, डिजिटल सेवा विस्तार तथा ‘स्मार्ट गोदावरी’ निर्माणलाई मुख्य प्राथमिकतामा राखिएको छ।

प्यानलमा वरिष्ठ उपाध्यक्षमा भिस्मा खड्का (जेनिसा), वाणिज्य उपाध्यक्षमा लक्ष्मणबहादुर धामी, वस्तुगत उपाध्यक्षमा खेमराज सापकोटा, महासचिवमा अनीश सिंह, कोषाध्यक्षमा रामदत्त भट्ट तथा सचिवमा दीपकराज भट्ट रहेका छन्। सदस्यमा गोविन्द रोकाया, दिलबहादुर खत्री, यज्ञराज जोशी र दीपा चौधरी चुनावी मैदानमा छन्।

प्यानलले निर्वाचनपछि तत्काल कार्यान्वयन गर्ने सातबुँदे कार्ययोजना पनि सार्वजनिक गरेको छ। जसअनुसार संघका सबै बैठक प्रत्यक्ष प्रसारण (लाइभ) गरिने, व्यवसायीका लागि बीमाको व्यवस्था गरिने, सबै सदस्यलाई नेतृत्वमा पुग्ने समान अवसर सुनिश्चित गरिने, विधान संशोधन गरी सिन्डिकेट प्रणाली अन्त्य गरिने तथा बजार व्यवस्थापनलाई आधुनिक बनाइने उल्लेख गरिएको छ।

यस्तै, नेतृत्व सम्हालेको पहिलो १०० दिनभित्र संघको विगतको आर्थिक विवरण र प्रतिवेदन सार्वजनिक गर्ने, सदस्यता नवीकरणलाई मोबाइल एपमार्फत डिजिटल बनाउने तथा व्यवसायीलाई ई–कमर्ससँग जोड्ने योजना पनि घोषणापत्रमा समेटिएको छ।

स्पष्ट कार्ययोजना, पारदर्शिताप्रतिको प्रतिबद्धता र व्यवसायीकेन्द्रित एजेन्डाका कारण भिस्मा खड्का (जेनिसा) नेतृत्वको प्यानल यसपटक अत्तरियाका व्यवसायीमाझ चर्चाको केन्द्रमा रहेको देखिएको छ। निर्वाचन नजिकिँदै जाँदा विभिन्न प्यानलले आफ्ना एजेन्डा सार्वजनिक गर्दै मतदाता व्यवसायीलाई आकर्षित गर्ने प्रयासलाई तीव्र बनाएका छन्।

भिस्मा खड्का (जेनिसा) प्यानलका मुख्य उम्मेदवारहरू:
    • वरिष्ठ उपाध्यक्ष: भिस्मा खड्का (जेनिसा) – बासुलिङ्ग कलेक्सन
    • वाणिज्य उपाध्यक्ष: लक्ष्मण बहादुर धामी – नमस्ते होटल
    • वस्तुगत उपाध्यक्ष: खेमराज सापकोटा – ओम जमुना फेन्सी स्टोर
    • महासचिव: अनीश सिंह – चादनी सप्लायर्स
    • कोषाध्यक्ष: राम दत्त भट्ट – YB Traders
    • सचिव: दीपक राज भट्ट – सुपर स्टार मोटर्स (ME)
    • सदस्यहरू: गोविन्द रोकाया, दिल बहादुर खत्री, यज्ञराज जोशी र दीपा चौधरी।

प्यानलको ५ बुँदे मुख्य दृष्टिकोण (Vision):
यस प्यानलले अत्तरिया उद्योग वाणिज्य संघलाई पारदर्शी, उत्तरदायी र व्यवसायीमैत्री बनाउने संकल्प गरेको छ। सबै व्यवसायीलाई समान अवसर र नेतृत्व सुनिश्चित गर्ने, गोदावरी बजारलाई व्यवस्थित, सुरक्षित तथा आकर्षक बनाउने, र प्रविधिमैत्री डिजिटल सेवामार्फत छिटो-छरितो सेवा प्रवाह गर्ने लक्ष्य यस प्यानलको छ। यसका साथै समृद्ध व्यवसाय र समून्नत अर्थतन्त्रमार्फत ‘स्मार्ट गोदावरी’ निर्माण गर्ने दीर्घकालीन सोच अघि सारिएको छ।
निर्वाचन जितेलगत्तै कार्यान्वयन गरिने ७ बुँदे कार्ययोजना (Mission):
व्यवसायीको मन जित्नका लागि जेनिसा प्यानलले निकै आकर्षक र व्यावहारिक कार्ययोजनाहरू सार्वजनिक गरेको छ:
१. उद्योग वाणिज्य संघको हरेक बैठक (मिटिङ) लाई पारदर्शी बनाउन लाइभ (Live) गरिने।
२. सम्पूर्ण व्यवसायीहरूको सुरक्षाका लागि बीमा (Insurance) को व्यवस्था गरिने।
३. सबै व्यवसायीलाई प्रत्यक्ष उम्मेदवारी र नेतृत्व गर्ने समान अधिकार सुनिश्चित गरिने।
४. विधान संशोधन गरी एक कार्यकालको सिन्डिकेट व्यवस्था पूर्ण रूपमा अन्त्य गरिने।
५. फुटपाथ, पार्किङ, CCTV, सरसफाइ र स्मार्ट बजार व्यवस्थापनमा विशेष पहल गरिने।
६. नेतृत्व सम्हालेको पहिलो १०० दिनभित्रै विगतका सबै आर्थिक हिसाब र प्रतिवेदन सार्वजनिक गरिने।
७. मोबाइल एपमार्फत सदस्यता नवीकरणको व्यवस्था मिलाई सबै व्यवसायीलाई प्रविधि र ई-कमर्ससँग जोडिने।
बलियो टिम, स्पष्ट दृष्टिकोण र पारदर्शी कार्ययोजनाका कारण यस पटक अत्तरियाका आम व्यवसायीहरू माझ भिस्मा खड्का (जेनिसा) प्यानलको आकर्षण निकै बढेको देखिन्छ।

CP Hospital Dhangadhi