भारतको बनगाउँतर्फ फेरि बढ्यो नेपालीको किनमेल, कैलाली–कञ्चनपुरका व्यापारी चिन्तित

Image
Nisarga Hospital

अत्तरियाः भारतको बनगाउँ बजारमा नेपाली उपभोक्ताको बढ्दो किनमेलका कारण कैलाली–कञ्चनपुरका स्थानीय बजारको व्यापार प्रभावित हुन थालेको छ। दुई महिनाअघि लागू गरिएको १०० रुपैयाँभन्दा बढी मूल्यका सामानमा अनिवार्य भन्सार तिर्नुपर्ने व्यवस्था प्रभावकारी रूपमा कार्यान्वयन हुन छाडेपछि सीमावर्ती बजारमा फेरि नेपाली उपभोक्ताको भीड बढेको व्यवसायीहरूले बताएका छन्।

CP Hospital Dhangadhi

नेपाल–भारत खुला सीमाको फाइदा उठाउँदै दैनिक सयौं नेपाली त्रिनगर भन्सार नाका हुँदै भारतको बनगाउँ बजार पुगेर लत्ताकपडा, जुत्ता–चप्पल, श्रृंगार सामग्री, भाँडाकुँडा तथा अन्य उपभोग्य वस्तु किनमेल गर्ने क्रम बढेको छ। व्यवसायीका अनुसार केही साताअघि नाकामा नियमित माइकिङ र निगरानी हुँदा भारतीय बजार जानेको संख्या घटेको थियो। तर अहिले त्यो व्यवस्था कमजोर बनेपछि अवस्था फेरिएको छ।

Attariya Hospital

साउन सुरु भएसँगै हरियो चुरा, पोते, साडी, कुर्ता, मेहन्दीलगायत सामग्रीको माग बढेकाले धेरै उपभोक्ता सस्तो मूल्यको आकर्षणमा भारतीय बजार पुग्ने गरेका छन्। तर स्थानीय व्यवसायीहरूले भारतीय बजारमा मूल्य र गुणस्तर दुवैमा उपभोक्ता धेरै अवस्थामा ठगिने जोखिम रहेको दाबी गरेका छन्।

nawajiwan

चाडपर्व नजिकिँदै गर्दा स्थानीय व्यापार थप खस्किने र राज्यको राजस्वसमेत प्रभावित हुने चिन्ता व्यवसायीहरूले व्यक्त गरेका छन्। उनीहरूले सीमा नाकामा भन्सार नियम कडाइका साथ लागू गर्न, नियमित अनुगमन बढाउन तथा अवैध रूपमा सामान भित्रिने क्रम रोक्न सरकारसँग तत्काल प्रभावकारी कदम चाल्न माग गरेका छन्।