बझाङ बोलेरो दुर्घटना: ३ जनाको घटनास्थलमै मृत्यु, ५ गम्भीर घाइतेको उद्धारका लागि हेलिकोप्टर परिचालन

Image
Nisarga Hospital

बझाङको केदारस्यूँ गाउँपालिका–७ मा शनिबार दिउँसो भएको बोलेरो जिप दुर्घटनामा तीन जनाको घटनास्थलमै मृत्यु भएको पुष्टि भएको छ। प्रमुख जिल्ला अधिकारी मुकेश कुमार केशरीका अनुसार दुर्घटनामा अन्य पाँच जना गम्भीर घाइते भएका छन्। घाइतेहरूको शीघ्र उद्धार तथा उपचारका लागि सुर्खेतबाट हेलिकोप्टर परिचालन गरिएको उनले जानकारी दिए।

CP Hospital Dhangadhi

दुर्घटनास्थल विकट र दुर्गम क्षेत्रमा रहेकाले उद्धार कार्यमा चुनौती थपिएको छ। सडक पहुँच र भौगोलिक कठिनाइका कारण उद्धार टोलीलाई घटनास्थल पुग्न समय लागेको बताइएको छ। हाल सुरक्षाकर्मी र स्थानीयवासीको सहयोगमा उद्धार कार्य जारी रहेको छ।

Attariya Hospital

जिपमा कति जना सवार थिए भन्ने यकिन विवरण अझै प्राप्त हुन सकेको छैन। दुर्घटनाको कारणबारे पनि अनुसन्धान भइरहेको प्रशासनले जनाएको छ। मृतकहरूको पहिचान तथा अन्य विवरण संकलन गर्ने कार्य जारी रहेकाले थप जानकारी आउन बाँकी रहेको जिल्ला प्रशासन कार्यालयले जनाएको छ।

nawajiwan