अत्तरिया उद्योग वाणिज्य संघको निर्वाचनका लागि ४ प्यानलद्वारा उम्मेदवारी दर्ता (नामावली सहित)

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य संघको नयाँ कार्यसमिति चयनका लागि ४ प्यानलले उम्मेदवारी दर्ता गराएका छन्। शनिबार उम्मेदवारी दर्ताका लागि तोकिएको समयभित्र अध्यक्षसहित ३ वटा प्यानल तथा वरिष्ठ उपाध्यक्षसहित १ वटा प्यानलले उम्मेदवारी दर्ता गराएका हुन्।

CP Hospital Dhangadhi

अध्यक्ष पदका लागि कमल कडायत, रमेश भट्टराई र नैन सिंह कार्कीले आ-आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएका छन्। त्यस्तै भीष्मा खड्काले वरिष्ठ उपाध्यक्ष पदका लागि आफ्नो प्यानलसहित उम्मेदवारी दर्ता गराएकी छन्।

अध्यक्षका उम्मेदवार कमल कडायतको प्यानलबाट उद्योग उपाध्यक्षमा धना देवी चोखाल, वाणिज्य उपाध्यक्षमा गणेश बोगटी, वस्तुगत उपाध्यक्षमा बासुदेव पन्त, महासचिवमा गम्भीर साउँद, कोषाध्यक्षमा बालकृष्ण ओझा, सचिवमा धिरेन्द्र बोहरा तथा सदस्यमा शेखर पनेरु, डिल्लीराज ओझा, चन्द्र सिंह धामी र घनश्याम जोशी रहेका छन्।

nawajiwan

अध्यक्षका उम्मेदवार रमेश भट्टराईको प्यानलबाट उद्योग उपाध्यक्षमा लोकराज ओझा (एलआर), वाणिज्य उपाध्यक्षमा विरेन्द्र बिष्ट, वस्तुगत उपाध्यक्षमा समीर गिरी, महासचिवमा गोकुल भट्ट, कोषाध्यक्षमा दिपेन्द्र अवस्थी, सचिवमा राजन सिँजापति तथा सदस्यमा यादव भट्ट, लक्ष्मीराज ओझा, रिमा देवी कट्टेल र छत्र विश्वकर्मा रहेका छन्।

Attariya Hospital

अध्यक्षका उम्मेदवार नैन सिंह कार्कीको प्यानलबाट उद्योग उपाध्यक्षमा सूर्यप्रसाद गौतम, वाणिज्य उपाध्यक्षमा पूर्णप्रसाद चौलागाईं, वस्तुगत उपाध्यक्षमा लहानु चौधरी, महासचिवमा प्रकाशबहादुर कुँवर, सचिवमा मनोजराज दमाई (परियार), कोषाध्यक्षमा दीपकप्रसाद न्यौपाने तथा सदस्यमा सूर्य खत्री, पदमबहादुर बोहरा, डल्लु राना मगर र चन्द्राकुमारी रावत रहेका छन्।

वरिष्ठ उपाध्यक्ष पदकी उम्मेदवार भीष्मा खड्काको प्यानलबाट वाणिज्य उपाध्यक्षमा लक्ष्मणबहादुर धामी, वस्तुगत उपाध्यक्षमा खेमराज सापकोटा, महासचिवमा अनिश सिंह, कोषाध्यक्षमा रामदत्त भट्ट, सचिवमा दीपकराज भट्ट तथा सदस्यमा गोविन्दबहादुर रोकाया, यज्ञराज जोशी, दिलबहादुर खत्री र दीपा चौधरी रहेका छन्।

निर्वाचन कार्यतालिका अनुसार शनिबार राति ९ बजे उम्मेदवारहरूको अन्तिम नामावली प्रकाशन भएको छ । भोलि (आइतबार) बिहान ८ बजेदेखि साँझ ५ बजेसम्म मतदानको समय तोकिएको छ।