इंग्ल्यान्डका बेलिङ्घम चम्किँदा नर्वेलाई हराउँदै इंग्ल्यान्ड विश्वकपको सेमिफाइनलमा

Image
Nisarga Hospital

फिफा विश्वकप २०२६ को क्वार्टरफाइनलमा इंग्ल्यान्डले नर्वेमाथि २–१ को रोमाञ्चक जित निकाल्दै सेमिफाइनलमा स्थान सुरक्षित गरेको छ। मियामी स्टेडियममा भएको प्रतिस्पर्धात्मक खेल निर्धारित ९० मिनेटमा १–१ को बराबरी भएपछि अतिरिक्त समयमा पुगेको थियो।

CP Hospital Dhangadhi

खेलको ३६औँ मिनेटमा कप्तान मार्टिन ओडेगार्डको उत्कृष्ट पासलाई सदुपयोग गर्दै एन्ड्रियास सेल्डरुपले गोल गरेपछि नर्वेले अग्रता बनाएको थियो। तर पहिलो हाफको इन्जुरी समय (४५+२) मा एन्थोनी गोर्डनको पासमा जुड बेलिङ्घमले शानदार गोल गर्दै इंग्ल्यान्डलाई १–१ को बराबरीमा फर्काए।

Attariya Hospital

दोस्रो हाफमा दुवै टोलीले केही राम्रो अवसर सिर्जना गरे पनि गोल गर्न नसक्दा खेल अतिरिक्त समयमा धकेलिएको थियो। अतिरिक्त समय सुरु भएको केहीबेरमै ९३औँ मिनेटमा बेलिङ्घमले व्यक्तिगत दोस्रो गोल गर्दै इंग्ल्यान्डलाई २–१ को अग्रता दिलाए, जुन अन्ततः निर्णायक सावित भयो।

nawajiwan

बेलिङ्घमको उत्कृष्ट प्रदर्शनमा प्राप्त यस जितसँगै इंग्ल्यान्डले विश्वकपको सेमिफाइनल यात्रा तय गरेको छ भने पराजित नर्वेको उपाधि यात्रा क्वार्टरफाइनलमै टुंगिएको छ। इंग्ल्यान्ड अब फाइनल प्रवेशका लागि सेमिफाइनलमा अर्को चुनौतीको सामना गर्नेछ।