परिवार नियोजन संघ कैलालीको अध्यक्षमा जनकराज जोशी निर्वाचित

Image
Nisarga Hospital

नेपाल परिवार नियोजन संघ, कैलाली शाखाको ३३औँ अधिवेशनबाट जनकराज जोशी अध्यक्षमा निर्वाचित भएका छन्। अधिवेशनले आगामी तीन वर्षका लागि नयाँ कार्यसमिति चयन गरेको हो।

CP Hospital Dhangadhi

निर्वाचन परिणामअनुसार शाखाको कोषाध्यक्षमा चिरञ्जीवी पाठक निर्वाचित भएका छन्। महिला सदस्यमा भगवती बडाल र भुवनेश्वरी मल्ल चयन भएका छन्। त्यसैगरी, विशेषज्ञ सदस्यतर्फ कुश्मा जोशी (अपाङ्गता), सुभाषचन्द्र उपाध्याय (कानुन), रञ्जना जोशी (अर्थ) तथा कालीप्रसाद पडाल (प्रजनन स्वास्थ्य) निर्वाचित भएका छन्।

Attariya Hospital

किशोर–युवा सदस्यमा मोनिका वड र स्तुति आचार्य विजयी भएका छन् भने युवा सदस्यमा रोशनी चौधरी चयन भएकी छन्।

nawajiwan

नवनिर्वाचित कार्यसमितिको कार्यकाल तीन वर्षको रहनेछ। कार्यसमितिले परिवार नियोजन, यौन तथा प्रजनन स्वास्थ्य, प्रजनन अधिकारको प्रवर्द्धन, किशोर–किशोरीमैत्री स्वास्थ्य सेवा विस्तार तथा समुदायमा स्वास्थ्य सचेतना अभिवृद्धिका कार्यक्रमलाई प्रभावकारी रूपमा अघि बढाउने अपेक्षा गरिएको छ। संघले आगामी कार्यकालमा सेवाको पहुँच विस्तार गर्दै गुणस्तरीय स्वास्थ्य सेवामार्फत समुदायलाई थप लाभान्वित गर्ने लक्ष्य लिएको जनाएको छ।