अत्तरिया उद्योग वाणिज्य संघको भवन उद्घाटन, निर्माण समितिकी संयोजकले गरिन् उपेक्षाको गुनासो

Image
Nisarga Hospital

अत्तरियाः  कैलालीको अत्तरियास्थित अत्तरिया उद्योग वाणिज्य संघको नवनिर्मित भवन शनिबार एक समारोहबीच उद्घाटन गरिएको छ। गोदावरी नगरपालिकाका नगर प्रमुख वीरेन्द्र भट्टले भवनको उद्घाटन गरेका हुन्।

CP Hospital Dhangadhi

भवन उद्घाटनपछि निर्माण समितिकी संयोजक यसोदा भट्ट चोखालले आफूलाई कार्यक्रममा निमन्त्रणा नै नगरिएको भन्दै असन्तुष्टि व्यक्त गरेकी छन्। सामाजिक सञ्जालमार्फत उनले भवन निर्माणमा आफ्नो नेतृत्व र योगदानको बेवास्ता गरिएको गुनासो गर्दै महिलाले गरेको कामको उचित मूल्यांकन नहुने प्रवृत्तिप्रति दुःख व्यक्त गरेकी छन्।

उनका अनुसार संघभित्रको आन्तरिक विवादका कारण भवन निर्माण अघि बढ्न कठिन भएको अवस्थामा आफूले जिम्मेवारी सम्हाल्दै विभिन्न चुनौती पार गरेर काम सम्पन्न गरेकी थिइन्। तर उद्घाटन समारोहमा आफूलाई जानकारीसमेत नगराइनु दुःखद भएको उनको भनाइ छ।

nawajiwan
Attariya Hospital

गत वर्ष गोदावरी नगरपालिकाको बजेटबाट निर्माण गरिएको उक्त भवन यसोदा भट्ट चोखालको संयोजकत्वमा फागुराम चौधरी, निर्मला पनेरु, श्याम ठाकुर, रमेश भट्ट र निशा मल्ल सदस्य रहेको निर्माण समितिले निर्माण गरेको थियो।