
अत्तरियाः आईतबार बेलुका करिब ५:०० बजेतिर, कञ्चनपुर जिल्लाको बेलडाँडी गाउँपालिका–५, झिलमिलाकी धना देवी उपाध्याय शुक्लाफाँटा जंगलमा घाँस काट्ने क्रममा शुक्लाफाँटा जंगलमा बाघको आक्रमणमा परी घाइते भएकी छन्।

घटनापछि स्थानीयवासीको सहयोगमा उहाँलाई तत्काल उद्धार गरी धनगढीस्थित माया मेट्रो अस्पताल ल्याइएको थियो। हाल उहाँको अस्पतालमा विशेषज्ञ चिकित्सकहरूको निगरानीमा उपचार भइरहेको छ।

माया मेट्रो अस्पतालका इन्चार्ज जगत महताले घाइतेको अस्पतालमा आवश्यक परीक्षण तथा उपचार भइरहेको जानकारी दिँदै बिरामीको अवस्थाको निरन्तर निगरानी भइरहेको बताए।

घटनाबारे सम्बन्धित निकायले थप अनुसन्धान तथा विवरण संकलन गरिरहेको छ। जंगल क्षेत्रमा घाँस, दाउरा तथा अन्य वनजन्य सामग्री संकलन गर्न जाँदा आवश्यक सतर्कता अपनाउन सबैमा आग्रह गरिएको छ।
































