हर्मुजमा युद्ध झनै चर्कियो: अमेरिकी हवाई आक्रमण जारी, इरानको प्रतिकारले तनाव थप बढ्यो

Image
Nisarga Hospital

अमेरिका र इरानबीचको सैन्य तनाव झन् चर्किँदै गएको छ। अमेरिकी सेनाले लगातार तेस्रो रात पनि इरानका विभिन्न सैन्य ठेगानामा हवाई आक्रमण गरेको जनाएको छ। अमेरिकी केन्द्रीय कमान्ड (सेन्ट्रकम) का अनुसार हर्मुज जलमार्गमा व्यावसायिक जहाजको सुरक्षा सुनिश्चित गर्नुका साथै इरानी सैन्य क्षमता कमजोर पार्ने उद्देश्यले कारबाही गरिएको हो।

CP Hospital Dhangadhi

इरानी सञ्चारमाध्यमले किश, जाम, कस्म टापु, बुसेहर र बन्दर अब्बास क्षेत्रमा शक्तिशाली विस्फोट भएको बताएका छन्। यसको जवाफस्वरूप इरानले कुवेतस्थित अमेरिकी सैन्य अखडा र अमेरिकी सैन्य जहाजमाथि आक्रमण गरेको दाबी गरेको छ।

Attariya Hospital

यसैबीच, संयुक्त अरब इमिरेट्स (यूएई) ले इरानी मिसाइल प्रहारबाट आफ्नो एक तेल ट्याङ्करमा क्षति पुगेको र एक जनाको मृत्यु भएको पुष्टि गरेको छ।

nawajiwan

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आवश्यक परे इरानभित्र रहेको भूमिगत आणविक केन्द्र ‘पिकएक्स माउन्टेन’लाई समेत निशाना बनाउन सकिने चेतावनी दिएका छन्। युद्धविराम भंग भएपछि अमेरिकी सेना पहिलो पटक इरानको भित्री क्षेत्रमा केन्द्रित भएको बताइएको छ। ट्रम्पले हर्मुज जलमार्गमा पुनः नौसैनिक नाकाबन्दी गर्ने घोषणा गरेपछि इरानले अन्तर्राष्ट्रिय जलमार्गमा अमेरिकी हस्तक्षेप स्वीकार नगर्ने चेतावनी दिएको छ। यसले मध्यपूर्वमा युद्ध अझ व्यापक बन्ने चिन्ता बढाएको छ।