विश्वकप सेमिफाइनलमा महाभिडन्त: मेसीको अर्जेन्टिना र बेलिङ्घम–केनको इङ्ग्ल्याण्ड आमनेसामने

Image
Nisarga Hospital

फिफा विश्वकप २०२६ को दोस्रो सेमिफाइनलमा आज फुटबलका दुई चिरपरिचित प्रतिद्वन्द्वी अर्जेन्टिना र इङ्ग्ल्याण्डबीच रोमाञ्चक भिडन्त हुँदैछ। नेपाली समयअनुसार खेल बिहान १२:४५ बजे एटलान्टामा सुरु हुनेछ। २१ वर्षपछि विश्वकपको नकआउट चरणमा आमनेसामने हुन लागेका यी दुई टोलीमध्ये विजेताले फाइनलमा स्पेनसँग उपाधिका लागि प्रतिस्पर्धा गर्नेछ।

CP Hospital Dhangadhi

अर्जेन्टिनाको आशा कप्तान लिओनेल मेसीमाथि केन्द्रित छ। उनले प्रतियोगितामा ८ गोल र २ असिस्ट गर्दै गोल्डेन बुटको दौडमा अग्रता कायम राखेका छन्। अल्जेरियाविरुद्ध ह्याट्रिकसहित उत्कृष्ट लयमा रहेका मेसीलाई लाउतारो मार्टिनेजको साथ रहनेछ।

Attariya Hospital

यता इङ्ग्ल्याण्डका लागि जुड बेलिङ्घम र ह्यारी केन सबैभन्दा ठूला हतियार हुन्। बेलिङ्घमले ६ गोल र १ असिस्ट गर्दै लगातार नकआउट खेलमा शानदार प्रदर्शन गरेका छन् भने केनले पनि ६ गोल र १ असिस्टसहित टोलीको आक्रमण सम्हालिरहेका छन्। एन्थोनी गोर्डनको सिर्जनात्मक खेल पनि इङ्ग्ल्याण्डका लागि महत्वपूर्ण हुनेछ।

nawajiwan

स्पेनले पहिलो सेमिफाइनलमा फ्रान्सलाई २–० ले हराउँदै फाइनल यात्रा तय गरिसकेको छ। अब अर्जेन्टिना र इङ्ग्ल्याण्डमध्ये एक टोलीले मात्र उपाधि भिडन्तमा स्थान बनाउने भएकाले यो खेल दुवैका लागि ‘गर या मर’ को प्रतिस्पर्धा बनेको छ।