बैतडीमा कृषि एम्बुलेन्स सेवा सुरु, किसानले आधा भाडामा कृषि उपज बजार पुर्‍याउन पाउने

Image
Nisarga Hospital

बैतडीको दशरथचन्द नगरपालिकाले किसानलाई लक्षित गर्दै कृषि एम्बुलेन्स सेवा सञ्चालनमा ल्याएको छ। गत आइतबारदेखि सुरु गरिएको यो सेवाको उद्देश्य नगरभित्र उत्पादन हुने कृषि उपजलाई सहज, छिटो र सहुलियत दरमा बजारसम्म पुर्‍याउनु रहेको नगरपालिकाले जनाएको छ।

CP Hospital Dhangadhi

कृषि शाखा प्रमुख दीपक कार्कीका अनुसार किसानको मागअनुसार कृषि एम्बुलेन्स उनीहरूले चाहेको स्थानमै पुग्नेछ। बजारमा लाग्ने ढुवानी भाडाभन्दा करिब ५० प्रतिशत कम शुल्कमा सेवा उपलब्ध गराइने भएकाले किसानको ढुवानी खर्च उल्लेखनीय रूपमा घट्ने विश्वास गरिएको छ।

Attariya Hospital

यो सेवा सञ्चालनका लागि सुदूरपश्चिम प्रदेशको भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्रालयले १२ लाख ५० हजार रुपैयाँ र दशरथचन्द नगरपालिकाले १२ लाख ५० हजार रुपैयाँ गरी कुल २५ लाख रुपैयाँ लगानीमा कृषि एम्बुलेन्स खरिद गरिएको हो।

nawajiwan

नगरपालिकाले कृषि एम्बुलेन्स सञ्चालनसँगै किसानले उत्पादन गरेको तरकारी, फलफूल तथा अन्य कृषि उपज समयमै बजारमा पुर्‍याउन सहज हुने, उत्पादनको उचित मूल्य पाउने र कृषि व्यवसायलाई थप प्रोत्साहन मिल्ने अपेक्षा गरेको छ।