सप्तकोसीमा पानीको बहाव तीव्र, कोशी ब्यारेजमा रातो संकेत जारी

Image
Nisarga Hospital

लगातारको वर्षासँगै सप्तकोसी नदीमा पानीको बहाव तीव्र रूपमा बढेको छ। बुधबार रातिसम्म कोशी ब्यारेजमा पानीको बहाव एक लाख ६३ हजार २३० क्युसेक पुगेपछि जोखिम संकेतस्वरूप रातो बत्ती बालिएको र रातो झण्डा फहराइएको छ। बहाव व्यवस्थापनका लागि ५६ मध्ये २१ वटा ढोका खोलिएको छ।

CP Hospital Dhangadhi

पूर्वी नेपालमा वर्षा जारी रहेकाले नदीको बहाव अझ बढ्न सक्ने अनुमान गरिएको छ। वर्षायाममा तमोर, अरुण, सुनकोसी, दूधकोसी, तामाकोसी, भोटेकोसी र इन्द्रावती नदीको पानी मिसिएर सप्तकोसी उग्र बन्दै जाने गर्दछ।

Attariya Hospital

यसका कारण नदी आसपासका क्षेत्रमा डुबान, कटान र बाढीको जोखिम पनि बढ्ने भएकाले स्थानीयवासीलाई उच्च सतर्कता अपनाउन सम्बन्धित निकायले आग्रह गरेका छन्।

nawajiwan

# ट्रेण्डिङ