देशभर मनसुन सक्रिय, आज भारी वर्षाको चेतावनी—यी प्रदेशमा सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि अधिकांश क्षेत्रमा वर्षाको सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा केही माथि र पूर्वतर्फ सरदर स्थान आसपास रहेकाले देशभर सामान्यदेखि पूर्ण बदली भएको छ। अहिले कोशी, बागमती, गण्डकी, लुम्बिनी, मधेस, कर्णाली र सुदूरपश्चिमका विभिन्न स्थानमा हल्कादेखि मध्यम वर्षा भइरहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागका केही स्थानमा चट्याङ्गसहित मध्यम वर्षा हुने सम्भावना छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रका एक–दुई स्थान तथा कोशी र बागमतीका हिमाली क्षेत्रमा भारी वर्षा हुन सक्ने चेतावनी दिइएको छ। लुम्बिनी, कोशी, बागमती, मधेस र सुदूरपश्चिमका केही तराई क्षेत्रमा पनि वर्षाको सम्भावना छ।

Attariya Hospital

आज राति पनि देशभर सामान्यदेखि पूर्ण बदली रहनेछ। गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिमका पहाडी तथा तराई क्षेत्रका केही स्थानमा तथा कोशी, बागमती र मधेसका थोरै स्थानमा चट्याङ्गसहित वर्षा हुने अनुमान गरिएको छ। गण्डकी, लुम्बिनी र कर्णालीका केही स्थानमा भारी वर्षाको सम्भावना रहेकाले नदी, खोला आसपास र पहिरोको जोखिमयुक्त क्षेत्रमा आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

nawajiwan

# ट्रेण्डिङ