श्रीमतीमाथि कुटपिट गरेको आरोपमा बुद्ध एयरका पाइलट आदित्य कसजु पक्राउ

Image
Buddha air
Nisarga Hospital

बुद्ध एयरका पाइलट आदित्य कसजु श्रीमतीमाथि कुटपिट गरेको आरोपमा पक्राउ परेका छन्। उनलाई केही दिनअघि नै प्रहरीले नियन्त्रणमा लिएको र हाल घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

CP Hospital Dhangadhi

ललितपुर प्रहरी परिसरका एसपी गौतम मिश्रका अनुसार प्रहरी वृत्त सातदोबाटोले कसजुलाई पक्राउ गरी घरेलु हिंसासम्बन्धी उजुरीका आधारमा अनुसन्धान अघि बढाएको हो।

Attariya Hospital

प्रहरीले घटनाका सबै पक्षको अनुसन्धान जारी रहेको जनाएको छ। आरोपबारे आवश्यक प्रमाण संकलन र बयानका आधारमा थप कानुनी प्रक्रिया अघि बढाइने प्रहरीले जानकारी दिएको छ। हालसम्म यस विषयमा बुद्ध एयर वा आदित्य कसजुको तर्फबाट कुनै सार्वजनिक प्रतिक्रिया आएको छैन।

nawajiwan

# ट्रेण्डिङ