‘चुच्चे नक्सा हटाउने निर्णय राष्ट्रघाती’ भन्दै भीम रावलको सरकारसँग स्पष्टीकरण माग

Image
Nisarga Hospital

पूर्वउपप्रधानमन्त्री तथा नेकपा नेता भीम रावलले एक रुपैयाँको नेपाली सिक्काबाट चुच्चे नक्सा हटाउने भनिएको सरकारी निर्णयप्रति कडा आपत्ति जनाएका छन्। उनले सामाजिक सञ्जालमार्फत उक्त निर्णय सत्य भए नेपालको भौगोलिक अखण्डताविरुद्धको गम्भीर र राष्ट्रघाती कदम हुने दाबी गरेका छन्।

CP Hospital Dhangadhi

रावलका अनुसार सरकारले गत असार ३२ गते लिम्पियाधुरा, लिपुलेक र कालापानी समेटिएको नेपालको चुच्चे नक्सा हटाएर अमेरिकी सहयोगमा निर्माण भएको ‘लु भ्याकुर’ गुम्बाको चित्र राख्ने निर्णय गर्दै नेपाल राष्ट्र बैंकलाई निर्देशन दिएको भन्ने सूचना सार्वजनिक भएको छ। उनले प्रधानमन्त्रीको अघिल्लो विवादास्पद अभिव्यक्तिपछि आएको यो निर्णय झन् गम्भीर भएको टिप्पणी गरेका छन्।

नेता रावलले यदि यस्तो निर्णय वास्तवमै गरिएको हो भने त्यसबारे सरकार र सम्बन्धित निकायले तत्काल स्पष्ट जानकारी दिनुपर्ने माग गरेका छन्। साथै, उनले जनतामा फैलिएको अन्योल हटाउन यथार्थ सार्वजनिक गर्न सरकारसँग आग्रह गरेका छन्। सरकारको आधिकारिक धारणा भने यस विषयमा सार्वजनिक हुन बाँकी छ।