महाकालीमा पानीको बहाव उच्च, शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारी सञ्चालन रोक

Image
Nisarga Hospital

महाकाली नदीमा पानीको बहाव उल्लेख्य रूपमा बढेपछि कञ्चनपुरस्थित शारदा ब्यारेजमा चारपाङ्ग्रे सवारीसाधनको आवतजावत अस्थायी रूपमा रोक लगाइएको छ। जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका अनुसार आज बिहान नदीको बहाव एक लाख क्युसेक नाघेपछि सुरक्षा जोखिमलाई ध्यानमा राख्दै सवारी सञ्चालन बन्द गरिएको हो।

CP Hospital Dhangadhi

दिउँसो १:३० बजेको मापनअनुसार महाकाली नदीको बहाव एक लाख २४ हजार ४५४ क्युसेक पुगेको छ, जुन बिहानको तुलनामा थप वृद्धि भएको हो। जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक टेकबहादुर रावतले नदीमा जलस्तर अझै बढिरहेकाले अर्को सूचना जारी नभएसम्म चारपाङ्ग्रे सवारी सञ्चालन रोकिएको जानकारी दिएका छन्।

Attariya Hospital

सुदूरपश्चिमका पहाडी जिल्लाहरूमा लगातार भइरहेको वर्षाका कारण महाकाली नदीमा पानीको बहाव तीव्र रूपमा बढेको हो। मौसम पूर्वानुमानअनुसार आगामी केही दिन पनि मध्यमदेखि भारी वर्षा हुने सम्भावना रहेकाले नदीको सतह अझै बढ्न सक्ने अनुमान गरिएको छ।

nawajiwan

स्थानीय प्रशासनले महाकाली नदी किनार तथा तटीय क्षेत्रका बासिन्दालाई उच्च सतर्कता अपनाउन, अनावश्यक रूपमा नदी आसपास नजान र सुरक्षा निकायबाट जारी सूचनाको पालना गर्न आग्रह गरेको छ। जल तथा मौसम विज्ञान विभागले साना नदी, खोला र नालामा आकस्मिक बाढी आउन सक्ने चेतावनीसमेत दिएको छ।