करणको पाँच विकेट खेर, नामिबियासँग ३ रनले पराजित नेपाल

Image
Nisarga Hospital

आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्सको उट्रेचमा सोमबार भएको रोमाञ्चक खेलमा नेपाल नामिबियासँग ३ रनले पराजित भएको छ। २१२ रनको लक्ष्य पछ्याएको नेपाल ५० ओभरमा ६ विकेट गुमाउँदै २०८ रनमै सीमित रह्यो। योसँगै नेपालले प्रतियोगितामा लगातार तेस्रो हार बेहोरेको छ।

CP Hospital Dhangadhi

पहिले ब्याटिङ गरेको नामिबियाले ७ विकेट गुमाएर २११ रन बनायो। ओपनर जन फ्राइलिनले १४९ बलमा शानदार १०० रन बनाए भने लोरेन स्टेन्क्याम्पले ५९ रनको योगदान दिए। नेपालका लागि करण केसीले उत्कृष्ट प्रदर्शन गर्दै १० ओभरमा २९ रन खर्चेर ५ विकेट लिए भने सोमपाल कामीले १ विकेट झारे।

Attariya Hospital

जवाफी ब्याटिङमा नेपालका आसिफ शेखले ४५, कप्तान रोहितकुमार पौडेलले ४१ तथा आरिफ शेखले ३८ रन बनाए। अन्तिम ओभरसम्म जितको सम्भावना कायम राखे पनि आवश्यक रन जोड्न नसक्दा नेपाल ३ रनले पछि पर्यो।

nawajiwan

नामिबियाका ज्याक ब्रासेलले ३ तथा रुबेन ट्रम्पलम्यानले २ विकेट लिए। बर्नार्ड स्कोल्ट्जले १० ओभरमा मात्र १४ रन खर्चेर किफायती बलिङ गर्दै खेल नेपालको हातबाट फुस्काउन महत्वपूर्ण भूमिका खेले। करण केसीको पाँच विकेटको उत्कृष्ट प्रदर्शन पनि नेपालको हार टार्न पर्याप्त हुन सकेन।