धौलिगङ्गा बाँध खुल्दै, महाकाली किनारमा उच्च सतर्कता अपनाउन आग्रह

Image
Nisarga Hospital

भारतस्थित धौलिगङ्गा जलविद्युत् आयोजनाको स्लुइस गेट सफाइका लागि बाँध खोलिने भएपछि महाकाली नदी आसपासका बासिन्दालाई उच्च सतर्कता अपनाउन जिल्ला प्रशासन कार्यालय बैतडीले आग्रह गरेको छ।

CP Hospital Dhangadhi

जिल्ला प्रशासन कार्यालय दार्चुलाबाट प्राप्त सूचनाअनुसार साउन १३ गते बुधबार बिहान ६ बजेदेखि साउन १५ गते शुक्रबार अपराह्न ६ बजेसम्म धौलिगङ्गा पावरस्टेसनको स्लुइस गेट सफाइका लागि बाँध खोलिनेछ। यस अवधिमा महाकाली नदीको जलस्तर उल्लेखनीय रूपमा बढ्न सक्ने सम्भावना रहेको प्रशासनले जनाएको छ।

जलस्तर बढेपछि नदी तटीय क्षेत्रमा बसोबास गर्ने नागरिकलाई आवश्यक पूर्वसतर्कता अपनाउन, नदी किनारमा अनावश्यक आवतजावत नगर्न तथा जोखिमपूर्ण गतिविधिबाट टाढा रहन प्रशासनले अनुरोध गरेको छ।

nawajiwan
Attariya Hospital

प्रशासनले विशेषगरी नदीमा माछा मार्ने, ढुंगा–बालुवा संकलन गर्ने तथा अन्य जोखिमयुक्त कार्य नगर्न सचेत गराएको छ। सम्भावित जोखिमलाई मध्यनजर गर्दै स्थानीय तह, सुरक्षा निकाय र सम्बन्धित सरोकारवालालाई आवश्यक तयारी, समन्वय तथा सतर्कता अपनाउन पनि आग्रह गरिएको छ।