केजी हस्पिटल र मृतक पक्षबीच २२ लाखमा सहमति, परिवारले शव बुझ्ने

Image
Nisarga Hospital

अत्तरियाः धनगढीस्थित केजी हस्पिटलमा उपचारका क्रममा कञ्चनपुरको कृष्णपुर नगरपालिका–१ की ५० वर्षीया समानी चौधरीको मृत्यु भएपछि उत्पन्न विवाद २२ लाख रुपैयाँको लेनदेनपछि टुंगिएको छ।

CP Hospital Dhangadhi

मृगौलामा रहेको पत्थरीको शल्यक्रियापछि चौधरीको बिहीबार उपचारकै क्रममा मृत्यु भएको थियो। उनको मृत्यु भएपछि आफन्तले हस्पिटलको उपचार प्रक्रियामाथि प्रश्न उठाउँदै विरोध प्रदर्शन गरेका थिए। घटनापछि मृतक पक्ष र हस्पिटलबीच छलफल भएको थियो।

छलफलका क्रममा हस्पिटल र मृतक पक्षबीच २२ लाख रुपैयाँ लेनदेन गर्ने सहमति भएपछि विवाद मिलापत्रमा टुंगिएको जनाइएको छ। सहमति कार्यान्वयनपछि मृतकका परिवार शव बुझ्न तयार भएका छन्।

nawajiwan
Attariya Hospital

चौधरीको मृत्युको कारण र उपचार प्रक्रियाबारे मृतक पक्षले असन्तुष्टि जनाउँदै हस्पिटल परिसरमा विरोध गरेका थिए। घटनापछि हस्पिटल प्रशासन र मृतकका आफन्तबीच भएको वार्ताबाट आर्थिक सहमतिसहित विवाद समाधान गरिएको हो।

मृतक पक्षले सहमतिअनुसार रकम प्राप्त गरेपछि शव बुझ्न तयार भएको बताइएको छ। यद्यपि उपचारका क्रममा भएको मृत्युको वास्तविक कारणबारे थप विवरण भने सार्वजनिक गरिएको छैन।