टेस्ट ड्राइभको बहानामा चोरी भएको मोटरसाइकल महेन्द्रनगरमा फेला, चोर भने फरार

Image
Nisarga Hospital

कैलालीको अत्तरियास्थित बानु अटो सेल्सबाट टेस्ट ड्राइभ गर्ने बहानामा चोरी भएको मोटरसाइकल महेन्द्रनगरमा फेला परेको छ। चोरी भएको सुपप्र ०१–०१२ प ७६७२ नम्बरको मोटरसाइकल महेन्द्रनगरको त्रिवेणी चोकस्थित अवय अटो सपमा फेला परेको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार मोटरसाइकल चोरी गर्ने व्यक्तिले सर्भिस गर्ने भन्दै उक्त अटो सपमा मोटरसाइकल छाडेका थिए। केही समयपछि ती व्यक्तिले ‘एकछिन फोन गर्छु’ भन्दै मोबाइल मागेका थिए। मोबाइल लिएपछि उनी त्यहाँबाट फरार भएको प्रहरीले जनाएको छ।

Attariya Hospital

अटो सप सञ्चालकले मोबाइल चोरी भएको जानकारी प्रहरीलाई गराएपछि अनुसन्धानका क्रममा अत्तरियाबाट चोरी भएको मोटरसाइकल त्यहीँ रहेको खुलेको हो। प्रहरीले मोटरसाइकल नियन्त्रणमा लिएर चोरीमा संलग्न व्यक्तिको खोजी थालेको जनाएको छ।
मोटरसाइकल फेला परे पनि मोबाइल लिएर फरार भएका व्यक्ति भने हालसम्म पक्राउ परेका छैनन्। उनको खोजी भइरहेको प्रहरीले जनाएको छ।

nawajiwan

यसैबीच, अत्तरियास्थित बानु अटो सेल्सका सञ्चालक बाबु भट्टराईले प्रहरीले मोटरसाइकल महेन्द्रनगरमा फेला परेको जानकारी दिएपछि लिन जाने तयारी गरेको बताएका छन्। प्रहरीले घटनाबारे थप अनुसन्धान गरिरहेको छ।