१० दिनमै सरकारमाथि संकटको संकेत, माग पूरा नभए ‘लाल सरकार’ ढाल्ने नेकपा सांसदको चेतावनी

Image
Nisarga Hospital

धनगढीः सुदूरपश्चिम प्रदेशमा नेपाली कम्युनिस्ट पार्टी (नेकपा) नेतृत्वको सरकार गठन भएको १० दिनमै सत्तारूढ दलका एक सांसदले माग पूरा नभए सरकार ढाल्ने चेतावनी दिएका छन्।

CP Hospital Dhangadhi

पूर्वमन्त्रीसमेत रहेका नेकपा प्रदेशसभा सदस्य लक्ष्मणकिशोर चौधरीले टीकापुर विद्रोह दिवसका अवसरमा आयोजित कार्यक्रममा यस्तो चेतावनी दिएका हुन्। नागरिक उन्मुक्ति पृष्ठभूमिका सांसद चौधरीले प्रदेशमा नेकपाका सात सांसद रहेको र उनीहरूकै सहयोगमा सरकार गठन भएको दाबी गरे।

Attariya Hospital

उनले थारु बहुल क्षेत्रमा पर्याप्त विकास बजेट विनियोजन नगरे सरकारलाई दिएको समर्थन फिर्ता लिने संकेत गर्दै ‘लाल सरकार’ ढाल्न सक्ने चेतावनी दिए।

nawajiwan

चौधरीले थारु बहुल क्षेत्रमा विकास निर्माणसँगै सर्वसाधारणको जीविकोपार्जन सुधारका लागि पर्याप्त बजेट छुट्याउन प्रदेश सरकारसँग माग गरे। आफ्नै पार्टीको नेतृत्वमा सरकार गठन भएको छोटो समयमै सत्तारूढ सांसदबाट आएको यस्तो चेतावनीले प्रदेश सरकारभित्रको राजनीतिक समीकरण र दबाबलाई समेत सतहमा ल्याएको छ।