निसर्ग हस्पिटलमा नवजीवनका शेयर सदस्यदेखि परिवारसम्मलाई उपचार सुविधा

Image
Nisarga Hospital

धनगढीः निसर्ग हस्पिटल एण्ड रिसर्च सेन्टर प्रालि र नवजीवन बहुउद्देश्यीय सहकारी संस्था लिमिटेडबीच सहकारीका शेयर सदस्य तथा उनीहरूका परिवारका सदस्यलाई स्वास्थ्य उपचारमा विशेष छुट दिने सम्झौता भएको छ।

CP Hospital Dhangadhi

सम्झौताअनुसार नवजीवन बहुउद्देश्यीय सहकारीका सम्पूर्ण शेयर सदस्य तथा उनीहरूका आमा, बुवा, श्रीमान्, श्रीमती र छोराछोरीले निसर्ग हस्पिटलमा उपचार गराउँदा विभिन्न स्वास्थ्य सेवामा छुट पाउनेछन्।

स्वास्थ्य उपचारलाई सहज र पहुँचयोग्य बनाउने उद्देश्यले गरिएको सम्झौताअनुसार ओपीडी, अस्पताल भर्ना, आईसीयू, एनआईसीयू, शल्यक्रिया, ल्याप्रोस्कोपिक अपरेसन, प्याथोलोजी, एक्स–रे, ईसीजी, इको, टीएमटी, इन्डोस्कोपी, सीटी स्क्यान तथा औषधि लगायतका सेवामा छुटको व्यवस्था गरिएको छ। सम्झौताअनुसार स्वास्थ्य सेवामा बढीमा २५ प्रतिशतसम्म छुट उपलब्ध हुनेछ।

nawajiwan
Attariya Hospital

छुट सुविधा लिन सहकारीका शेयर सदस्यले उपचारका लागि आउँदा सहकारीले उपलब्ध गराएको शेयर सदस्य परिचय खुल्ने कागजातको प्रतिलिपि पेश गर्नुपर्नेछ।

यस्तै, नवजीवन सहकारीले सुदूरपश्चिमका तराई तथा पहाडी जिल्लामा आयोजना गर्ने स्वास्थ्य शिविरका लागि निसर्ग हस्पिटलले चिकित्सक उपलब्ध गराउने र सहकारीले शिविर व्यवस्थापनमा सहजीकरण गर्ने सहमति पनि भएको छ।

निसर्ग हस्पिटलका अध्यक्ष तीर्थराज पन्त र नवजीवन बहुउद्देश्यीय सहकारीका अध्यक्ष गोपालराज पाठकले सम्झौतामा हस्ताक्षर गरेका छन्।