रसुवा बाढीपछि सुदूरपश्चिमका चार सुरक्षाकर्मी सम्पर्कविहीन

Image
Nisarga Hospital

भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि रसुवामा कार्यरत सुदूरपश्चिमका चार सुरक्षाकर्मी सम्पर्कविहीन भएका छन्। प्रहरीले उनीहरू बाढीपछि परिवार तथा आफन्तको सम्पर्कमा आउन नसकेको जनाएको छ।

CP Hospital Dhangadhi

बैतडीको दोगडाकेदार गाउँपालिका–२ घर भई प्रहरीचौकी रसुवागढीमा कार्यरत प्रहरी सहायक हवलदार हिक्मत महरा सम्पर्कविहीन छन्। यस्तै, कञ्चनपुरको बेदकोट नगरपालिका–८ घर भई इलाका प्रहरी कार्यालय टिमुरेमा कार्यरत प्रहरी हवलदार नरेन्द्रप्रसाद भट्ट र डडेल्धुराको परशुराम नगरपालिका–४ घर भएका प्रहरी जवान नारद सार्की पनि सम्पर्कविहीन रहेको प्रहरीले जनाएको छ।

Attariya Hospital

यसैगरी, सशस्त्र प्रहरी बल नेपाल, रसुवामा कार्यरत बैतडीको डिलाशैनी गाउँपालिका–२ छेपट्टा स्थायी ठेगाना भएकी सशस्त्र प्रहरी जवान विनिता बोहरा पनि सम्पर्कविहीन भएकी छन्। बाढी आएको समयदेखि बोहरा परिवार तथा आफन्तसँग सम्पर्कमा आउन नसकेको बताइएको छ।

nawajiwan

बाढी प्रभावित क्षेत्रमा सुरक्षाकर्मी तथा विभिन्न निकायले खोजी तथा उद्धार कार्य जारी राखेका छन्। सम्पर्कविहीन सुरक्षाकर्मीको अवस्था पत्ता लगाउन सम्बन्धित निकायले आवश्यक समन्वय गरिरहेको जनाइएको छ।