‘बझाङ्गी बाघ’ रवीन्द्र ढाँट आज इतिहास रच्ने लक्ष्यमा, रोड टु यूएफसीको सेमिफाइनलमा भिड्दै

Image
Nisarga Hospital

नेपाली एमएमए फाइटर रवीन्द्र ढाँट आज आफ्नो करिअरकै महत्वपूर्ण प्रतिस्पर्धामा उत्रँदैछन्। ‘बझाङ्गी बाघ’ उपनामले चर्चित रवीन्द्रले **रोड टु यूएफसी सिजन–५** को सेमिफाइनलमा न्युजिल्यान्डका अपराजित फाइटर कासिब मर्डोकसँग प्रतिस्पर्धा गर्दैछन्। चीनको साङ्घाईस्थित अक्टागनमा हुने खेल नेपाली समयअनुसार अपराह्न पौने ३ बजेपछि सुरु हुनेछ।

CP Hospital Dhangadhi

बान्टमवेट विधामा प्रतिस्पर्धा गर्दै आएका रवीन्द्रले हालसम्म १० व्यावसायिक खेल खेलेका छन्। उनले नौ खेलमा जित हात पारेका छन् भने एक खेलमा मात्र पराजित भएका छन्। सन् २०२३ मा इस्माइल खानसँग पराजित भएपछि उनले लगातार उत्कृष्ट प्रदर्शन गर्दै आएका छन्।

गत वर्ष भारतको नोएडामा आयोजित म्याट्रिक्स फाइट नाइट–१७ को बान्टमवेट उपाधि जित्दै रवीन्द्रले महत्वपूर्ण उपलब्धि हासिल गरेका थिए। उनले भारतका चर्चित फाइटर चुनरेङ कोरेनलाई तेस्रो चरणमा नकआउट गर्दै उपाधि जितेका थिए। उनी उक्त प्रतियोगिताको बान्टमवेट उपाधि जित्ने पहिलो नेपाली खेलाडी बनेका थिए।

nawajiwan
Attariya Hospital

गत मे महिनामा मकाउमा भएको रोड टु यूएफसी सिजन–५ को क्वार्टरफाइनलमा फिलिपिन्सका किम्बर्ट अलिन्टोजोनलाई पराजित गर्दै रवीन्द्र सेमिफाइनल पुगेका हुन्। यससँगै उनी रोड टु यूएफसीको सेमिफाइनलमा पुग्ने पहिलो नेपाली फाइटर बने।

अब कासिब मर्डोकलाई हराउँदै फाइनल पुगेर अर्को इतिहास बनाउने अवसर रवीन्द्रसामु छ। मर्डोक भने हालसम्म अपराजित छन्। उनले क्वार्टरफाइनलमा जापानका युनोसुके मिनामीलाई पराजित गरेका थिए।

रवीन्द्रले सेमिफाइनलसँगै फाइनल जित्न सके प्रतिष्ठित यूएफसीसँग व्यावसायिक सम्झौता गर्ने अवसर पाउनेछन्। त्यसैले आजको भिडन्त नेपाली एमएमएका लागि समेत विशेष महत्वको रहेको छ।