एसीसी मेन्स प्रिमियर कपमा नेपालको पहिलो परीक्षा, आज बहराइनसँग भिड्दै

Image
Nisarga Hospital

मलेसियामा जारी एसीसी मेन्स प्रिमियर कप क्रिकेटमा नेपालले आज बहराइनसँग खेल्दै प्रतियोगिताको सुरुवात गर्दैछ। समूह ‘ए’ अन्तर्गतको खेल बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा नेपाली समयअनुसार बिहान ७ः१५ बजे सुरु हुनेछ। नेपाल सन्दीप लामिछानेको कप्तानीमा मैदान उत्रिँदैछ। रोहित पौडेलको स्थानमा लामिछानेलाई एकदिवसीय टोलीको नेतृत्व दिइएको हो।

CP Hospital Dhangadhi

नेपालका लागि पहिलो खेल नै महत्त्वपूर्ण भएकाले जितसहित प्रतियोगितामा राम्रो सुरुवात गर्ने लक्ष्य छ। नेपालले दोस्रो खेल भदौ १८ गते आयोजक मलेसिया, तेस्रो खेल भदौ २१ गते साउदी अरेबिया र अन्तिम खेल भदौ २३ गते हङकङसँग खेल्नेछ।

Attariya Hospital

प्रतियोगितामा १० टोली सहभागी छन् भने उत्कृष्ट चार टोली सेमिफाइनल पुग्नेछन्। उपाधि विजेताले सन् २०२७ मा हुने एसिया कपमा स्थान बनाउने अवसर पाउनेछ। यससँगै नेपालको एसिया कप यात्रा पनि औपचारिक रूपमा सुरु हुनेछ।

nawajiwan

प्रतियोगिताको पहिलो दिन ओमान र हङकङले विजयी सुरुवात गरेका छन्। ओमानले सिंगापुरलाई १३१ रनले तथा हङकङले साउदी अरेबियालाई १६ रनले पराजित गरेका थिए।