एसीसी प्रिमियर कपमा नेपालको विजयी सुरुवात, बहराइन ७ विकेटले पराजित

Image
Nisarga Hospital

एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले बहराइनलाई ७ विकेटले पराजित गर्दै प्रतियोगितामा विजयी सुरुवात गरेको छ। मलेसियाको बाङ्गीस्थित वाईएसडी–यूकेएम क्रिकेट ओभलमा भएको खेलमा बहराइनले दिएको ८८ रनको लक्ष्य नेपालले २१ ओभरमा ३ विकेट गुमाएर पूरा गरेको हो।

CP Hospital Dhangadhi

नेपालका अर्जुन कुमालले नटआउट ३६ तथा कप्तान रोहित पौडेलले नटआउट १९ रन बनाए। बहराइनका इमरान जावेद अनवरले नेपालका तीन विकेट लिए।

Attariya Hospital

यसअघि टस हारेर ब्याटिङ गरेको बहराइन ३६ ओभर २ बलमा ८७ रनमै अलआउट भएको थियो। उसका फियाज अहमदले सर्वाधिक १५ रन बनाए। नेपालका कप्तान सन्दीप लामिछानेले उत्कृष्ट बलिङ गर्दै ५ विकेट लिए भने ललित राजवंशीले ३ र करण केसीले २ विकेट लिए।

nawajiwan

प्रतियोगिताको समूह ‘ए’ मा नेपालसँगै बहराइन, हङकङ, मलेसिया र साउदी अरेबिया छन्। समूह ‘बी’ मा यूएई, कुवेत, ओमान, कतार र सिंगापुर छन्। दुवै समूहका शीर्ष दुई टोली सेमिफाइनल पुग्नेछन्। उपाधि विजेताले आगामी वर्ष हुने एसिया कपमा स्थान बनाउनेछ। फाइनल भदौ २७ गते हुनेछ।