बाढीपीडितका लागि धनगढीस्थित नेपालमा माहोर वैश्य सेवा समितिको ५१ हजार सहयोग

Image
Nisarga Hospital

धनगढी: नेपालमा हालै आएको बाढी तथा प्राकृतिक विपत्तिबाट प्रभावित नागरिकको राहत तथा उद्धारका लागि धनगढी स्थित नेपाल माहोर वैश्य सेवा समितिले ५१ हजार रुपैयाँ सहयोग गरेको छ।

CP Hospital Dhangadhi

समाज तथा राज्य संकटमा परेको अवस्थामा आफ्नो सामाजिक तथा नैतिक कर्तव्य सम्झिँदै समितिका सदस्यहरूले व्यक्तिगत तथा सामूहिक रूपमा रकम संकलन गरी समितिमार्फत उक्त सहयोग गरेका हुन्।

समितिका अध्यक्ष मुकेश गुप्ता र महासचिव राकेश गुप्ताको नेतृत्वमा सदस्यहरूबाट संकलित रु. ५१ हजार प्रधानमन्त्री उद्धार तथा राहत कोषमा जम्मा गरिएको हो।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विपद्को समयमा पीडित नागरिकको साथमा उभिनु सामाजिक संस्थाका साथै हरेक नागरिकको दायित्व भएको भन्दै समितिका सदस्यहरूले आफ्नो क्षमताअनुसार सहयोग गरेको समितिले जनाएको छ।

धनगढीमा रहेको नेपालमा नेपाल माहोर वैश्य सेवा समिति विगतदेखि नै सामाजिक तथा मानवीय सेवाका कार्यमा सक्रिय रहँदै आएको छ। समितिले यसअघि बेहडा बाबा मन्दिरमा विशाल भण्डारालगायत विभिन्न सामाजिक तथा धार्मिक सेवाका कार्यमा समेत सक्रिय सहभागिता जनाउँदै आएको छ।

समितिले समाज र राज्य संकटमा परेको समयमा आफ्ना सदस्यहरूबाट व्यक्तिगत तथा सामूहिक रूपमा सहयोग जुटाई सामाजिक उत्तरदायित्व निर्वाह गर्दै आएको जनाएको छ। आगामी दिनमा पनि आवश्यकता र परिस्थितिअनुसार सामाजिक तथा मानवीय सेवाका कार्यलाई निरन्तरता दिने समितिको प्रतिबद्धता छ।

Dhnagadhi & Krishanapur