‘देशमा अब अर्को गोली चलाउने हिम्मत कसैले गर्न सक्दैन’ : गृहमन्त्री गुरुङ

Image
Nisarga Hospital

गृहमन्त्री सुधन गुरुङले पार्टी सभापति रवि लामिछानेले आफूमाथि गरेको विश्वासलाई निरन्तर कायम राख्दै जेनजी पुस्ताको आशालाई मर्न नदिने प्रतिबद्धता व्यक्त गरेका छन्। काठमाडौंमा जेनजी शहीदहरूको स्मृतिमा आयोजित कार्यक्रममा बोल्दै उनले आफूलाई दिइएको जिम्मेवारीमार्फत सुशासनको अनुभूति गराउने प्रयास गर्ने बताए।

CP Hospital Dhangadhi

गुरुङले लामिछानेले विश्वास गरेर आफूलाई महत्वपूर्ण जिम्मेवारी दिएको उल्लेख गर्दै उक्त विश्वासलाई निरन्तर जगाइराख्न आफू प्रतिबद्ध रहेको बताए।

Attariya Hospital

‘पार्टी सभापति रवि लामिछानेले विश्वास गरेर जेनजीको आशालाई मर्न दिन हुँदैन, तिमी त्यो कुर्सीमा बसेर देखाइदेऊ– सुशासन के हुन्छ भनेर भन्नुभएको छ। म त्यो विश्वासलाई निरन्तर जगाइराख्न चाहन्छु,’ उनले भने।

nawajiwan

आफू मन्त्री मात्र नभई दाइ, भाइ र छोरा पनि रहेको उल्लेख गर्दै गुरुङले देशमा फेरि गोली चल्ने अवस्था आउन नदिने दाबी गरे। ‘अर्को गोली चल्नुपर्छ, तर अर्को गोली चलाउनका लागि अब यो देशमा कसैले हिम्मत गर्न सक्दैन,’ उनले भने।