जेनजी शहीदको सम्झनामा अत्तरियामा शान्ति पदयात्रा

Image
Nisarga Hospital

अत्तरियादेखि फूलबस्ती हुँदै सञ्चालन हुँदै आएको ‘शान्ति पदयात्रा’ अभियानअन्तर्गत जेनजी शहीदहरूको सम्मान तथा सम्झनामा गोदावरीमा मौनधारणसहित शान्ति पदयात्रा गरिएको छ। कार्यक्रममा सहभागीहरूले शहीदहरूको योगदानको स्मरण गर्दै प्लेकार्ड प्रदर्शनसमेत गरेका थिए।

CP Hospital Dhangadhi

अभियानका नेतृत्वकर्ता डा. हरिचन्द्र कमलीका अनुसार जेनजी शहीदहरूको सम्मान र उनीहरूले देखेको परिवर्तनको सपना साकार पार्ने उद्देश्यले कार्यक्रम आयोजना गरिएको हो।

Attariya Hospital

पदयात्रामा सहभागी जेनजी युवाहरूले शहीदहरूको बलिदान खेर जान नदिन अब बन्ने सरकारले उनीहरूको सपना र आकांक्षालाई प्राथमिकतामा राख्नुपर्ने बताएका छन्। उनीहरूले सुशासन, जवाफदेहिता र समृद्धिका लागि सरकार गम्भीर भएर अघि बढ्नुपर्नेमा जोड दिए।

nawajiwan

सहभागी युवाहरूले देश निर्माणको जिम्मेवारी युवाको काँधमा समेत रहेको भन्दै सबै युवा जिम्मेवार, सचेत र एकताबद्ध भएर राष्ट्र निर्माणमा जुट्नुपर्ने बताएका छन्। कार्यक्रमले शान्ति, सुशासन र सकारात्मक परिवर्तनका लागि युवाको भूमिकालाई प्राथमिकता दिएको आयोजकले जनाएको छ।