अत्तरियामा ट्राफिक व्यवस्थापनका लागि ५ ओटा मोटरसाइकल हस्तान्तरण

Image
Nisarga Hospital

अत्तरिया : कैलालीको अत्तरिया स्थित नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयलाई ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा प्रयोजनका लागि ५ ओटा मोटरसाइकल हस्तान्तरण गरिएको छ ।

CP Hospital Dhangadhi

एसएएसईसि राजमार्ग सुधार आयोजना अन्तर्गत सञ्चालित ब्ल्याक स्पट उन्मूलन तथा सडक सुरक्षा सुधार कार्यबाट ती मोटरसाइकल प्रहरी कार्यालयलाई हस्तान्तरण गरिएको हो ।

आज एसएएसईसि राजमार्ग सुधार आयोजना अन्तर्गतको ब्ल्याक स्पट उन्मूलन तथा सडक सुरक्षा सुधार कार्यका टिम लिडर राज बहादुर खड्काले ट्राफिक कार्यालयका प्रहरी निरीक्षक मनिराम भट्टलाई हस्तान्तरण गरेका हुन् ।

nawajiwan

सम्झौताअनुसार हस्तान्तरण गरिएका मोटरसाइकल टिभिएस अपाची फोरभि, २ सय सीसी तथा ४-स्ट्रोक इन्जिनका रहेका छन्। मोटरसाइकलहरूमा लेग गार्ड, हेल्मेट तथा युटिलिटी बक्ससमेत उपलब्ध गराइएको छ ।

Attariya Hospital

लङजियान भिमेश्वर जेभिले सम्झौताअनुसार ती मोटरसाइकल नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियालाई हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका पाँचवटै मोटरसाइकलका चेसिस तथा इन्जिन नम्बरसमेत कागजातमा उल्लेख गरिएको छ । हाल ठेकेदारको नाममा दर्ता रहेका मोटरसाइकलहरू हस्तान्तरण भएको मितिले तीन महिनाभित्र नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालय, अत्तरियाको नाममा नामसारी गरिने जनाइएको छ । हस्तान्तरण कार्यक्रममा आयोजनाको तर्फबाट सहायक आवासीय इन्जिनियर अरुणप्रसाद रोस्यारा, लङजियान भिमेश्वर जेभि कन्ट्याक्ट म्यानेजर अभि पोखरेल लगायतको उपस्थिति रहेको थियो ।

ब्ल्याक स्पट उन्मूलन तथा सडक सुरक्षा सुधार कार्यका टिम लिडर राज बहादुर खड्काले सडक सुरक्षाका लागि विभिन्न कार्यहरु गरिरहेको बताउदै उनले यहि कार्यक्रम अन्तर्गत ट्राफिक प्रहरीलाई ट्राफिक व्यवस्थापन तथा सडक सुरक्षा प्रयोजनकालागि ५ ओटा मोटरसाइकल हस्तान्तरण गरिएको बताए ।

नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा ट्राफिक व्यवस्थापन कार्यालयका प्रहरी निरीक्षक मनिराम भट्टले स्रोतसाधन अभावका बेला मोटरसाइकल उपलब्ध गराएकोमा ब्ल्याक स्पट उन्मूलन तथा सडक सुरक्षा सुधार कार्यलाई धन्यवाद व्यक्त गरेका छन् ।