आगामी शैक्षिक सत्रदेखि कक्षा १–१२ मा नयाँ पाठ्यक्रम लागू गर्ने तयारी

Image
Nisarga Hospital

शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले आगामी शैक्षिक सत्रदेखि कक्षा १ देखि १२ सम्म नयाँ पाठ्यक्रम लागू गर्नेगरी सरकार तयारीमा जुटेको बताएका छन्। मधेस प्रदेशको शिक्षा तथा संस्कृति मन्त्रालयको समन्वयमा जनकपुरधाममा आयोजित राष्ट्रिय पाठ्यक्रम प्रारूप–२०७६ परिमार्जनसम्बन्धी सुझाव तथा पृष्ठपोषण कार्यक्रममा उनले समयअनुकूल र विद्यार्थीको आवश्यकतामा आधारित पाठ्यक्रम निर्माणको गृहकार्य भइरहेको जानकारी दिए।

CP Hospital Dhangadhi

मन्त्री पोखरेलका अनुसार हालको पाठ्यक्रममा व्यापक परिमार्जन आवश्यक देखिएपछि कार्यदल गठन गरी देशभरका शिक्षक, विद्यार्थी, अभिभावक, शिक्षाविद् तथा अन्य सरोकारवालाबाट सुझाव सङ्कलन भइरहेको छ। प्राप्त सुझावका आधारमा पाठ्यक्रम परिमार्जन गरी आगामी शैक्षिक सत्रदेखि कार्यान्वयनमा ल्याइने उनले बताए।

उनले पछिल्लो समय कृत्रिम बौद्धिकता (एआई) को प्रयोग बढिरहेकाले यसको सदुपयोगसम्बन्धी विषयलाई समेत पाठ्यक्रममा समेट्नुपर्ने बताए। नयाँ पाठ्यक्रममा किताबी ज्ञानमा मात्र सीमित नभई विद्यार्थीलाई व्यावहारिक, प्राविधिक तथा जीवनोपयोगी शिक्षा प्रदान गर्ने विषयलाई प्राथमिकता दिइने उनको भनाइ छ।

nawajiwan
Attariya Hospital

विद्यालय शिक्षासँग सम्बन्धित समस्या समाधानका लागि सरकारले छिट्टै विद्यालय शिक्षा ऐन ल्याउने तयारीसमेत गरिरहेको मन्त्री पोखरेलले जानकारी दिए। ऐन कार्यान्वयनमा आएपछि विद्यालय तहका विभिन्न समस्या समाधान हुने विश्वास उनले व्यक्त गरे।

मधेस प्रदेशका शिक्षा तथा संस्कृतिमन्त्री मनोजकुमार सिंहले प्रदेशको शैक्षिक अवस्था सुधारका लागि सङ्घीय सरकारसँग सहकार्य गर्न प्रदेश सरकार तयार रहेको बताए। कार्यक्रममा पाठ्यक्रम विकास केन्द्रका कार्यकारी निर्देशक महेन्द्र पराजुलीले कार्यदलले पाठ्यक्रम परिमार्जनको काम अघि बढाइरहेको जानकारी दिए। सहभागीले प्रविधिमैत्री, व्यावहारिक र गुणस्तरीय शिक्षामा जोड दिन सुझाव दिएका थिए।