भोटेकोशी बाढीमा बेपत्ता बैतडीका हरिश चन्दको शव फेला

Image
Nisarga Hospital

भोटेकोशी नदीमा आएको बाढीमा बेपत्ता बैतडीको सुनर्या गाउँपालिका–६ का ३२ वर्षीय हरिश चन्दको शव फेला परेको छ। अपर त्रिशूली हाइड्रोपावरमा कार्यरत चन्दको शव पूर्वी नवलपरासीमा फेला परेको हो।

CP Hospital Dhangadhi

प्रहरीका अनुसार शरीरको तल्लो भाग नभेटिए पनि दाहिने हातमा रहेको ट्याटुको आधारमा उनको पहिचान गरिएको हो। शव लुम्बिनी प्रादेशिक अस्पतालमा राखिएको थियो। परिवारका अनुसार शवको अन्त्येष्टि गरिसकिएको छ।

भोटेकोशी बाढीमा सुदूरपश्चिम प्रदेशका १२१ जना बेपत्ता भएको विवरण सार्वजनिक भएको छ। तीमध्ये ४१ जना भने सम्पर्कमा आइसकेका छन्।

बाढीपछि बेपत्ता भएकाहरूको खोजी तथा उद्धार कार्य जारी रहेको छ। सम्बन्धित सुरक्षा निकायले सम्भावित स्थानमा खोजी तीव्र बनाएको जनाएको छ। परिवार तथा आफन्तले अझै सम्पर्कविहीन रहेका व्यक्तिको अवस्थाबारे जानकारीको प्रतीक्षा गरिरहेका छन्।