कार्यसम्पादन मूल्यांकनमा बाजुरा प्रहरी सुदूरपश्चिमकै सर्वोत्कृष्ट

Image
Nisarga Hospital

अत्तरियाः जिल्ला प्रहरी कार्यालय बाजुरा आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादन मूल्यांकनमा सुदूरपश्चिम प्रदेशकै सर्वोत्कृष्ट प्रहरी कार्यालय घोषित भएको छ। प्रदेश प्रहरी कार्यालय र मातहतका कार्यालयबीच भएको वार्षिक कार्यसम्पादन सम्झौताअनुसार एक वर्षको कार्यप्रगति समीक्षा गर्दा बाजुरा प्रहरीले उच्चतम अंक प्राप्त गरेको हो।

CP Hospital Dhangadhi

शुक्रबार धनगढीमा आयोजित वार्षिक समीक्षा कार्यक्रममा तोकिएका लक्ष्य तथा जिम्मेवारी प्रभावकारी रूपमा पूरा गरेको आधारमा बाजुरा प्रहरीलाई प्रदेशकै उत्कृष्ट घोषणा गरिएको हो।

Attariya Hospital

बाजुरा प्रहरीको कमान्ड हाल प्रहरी नायब उपरीक्षक (डीएसपी) शैलेश्वरी बोहराले सम्हालिरहेकी छन्। उनको नेतृत्वमा कार्यालयले वार्षिक कार्यसम्पादन सम्झौताअनुसार तोकिएका सूचक र लक्ष्यमा उल्लेख्य प्रगति हासिल गरेको जनाइएको छ।

nawajiwan

समीक्षा कार्यक्रममा आर्थिक वर्ष २०८२/८३ को कार्यसम्पादनको समीक्षा तथा उपलब्धिको मूल्यांकन गरिएको थियो। सोही अवसरमा चालु आर्थिक वर्ष २०८३/८४ का लागि प्रदेश प्रहरी प्रमुख र मातहतका कार्यालय प्रमुखबीच नयाँ वार्षिक कार्यसम्पादन सम्झौतासमेत गरिएको छ।