पश्चिमी न्यून चापीय प्रणाली सक्रिय, सुदूरपश्चिमसहित विभिन्न प्रदेशमा भारी वर्षाको सम्भावना

Image
Nisarga Hospital

देशमा पश्चिमी न्यून चापीय प्रणालीसँगै मनसुनी वायुको समेत प्रभाव रहेकाले मौसममा बदलीसँगै वर्षाको सम्भावना बढेको छ। जल तथा मौसम विज्ञान विभागअन्तर्गत मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल हिमाली र पहाडी भूभागमा सामान्यतया बदली तथा तराई क्षेत्रमा आंशिक बदली रहेको छ।

CP Hospital Dhangadhi

महाशाखाका अनुसार कोशी, बागमती, गण्डकी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै स्थान तथा लुम्बिनी प्रदेशका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा भइरहेको छ।

आज दिउँसो देशका हिमाली तथा पहाडी भूभागमा सामान्यतया बदली रहनेछ। बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई क्षेत्रमा पनि सामान्य बदली तथा अन्य तराई भूभागमा आंशिक बदली रहने पूर्वानुमान गरिएको छ। हिमाली भूभागका थोरै तथा पहाडी भूभागका केही स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षाको सम्भावना रहेको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

लुम्बिनी र सुदूरपश्चिम प्रदेशका तराई भूभागका केही स्थान तथा मधेससहित कोशी, बागमती र गण्डकी प्रदेशका तराई क्षेत्रका थोरै स्थानमा चट्याङ, हावाहुरी र असिनासहित मध्यम वर्षा हुन सक्ने महाशाखाले जनाएको छ। यस्तै, लुम्बिनी र सुदूरपश्चिमका पहाडी तथा तराई भूभाग र बागमती, गण्डकी तथा कर्णालीका पहाडी भूभागका एक–दुई स्थानमा भारी वर्षाको सम्भावना छ।

आज राति कोशी प्रदेशका सबै भूभाग तथा देशका हिमाली र पहाडी क्षेत्रमा सामान्य बदली रहनेछ भने तराई क्षेत्रमा आंशिक बदली रहनेछ। तराईका केही स्थानमा बिहानीपख कुहिरो लाग्न सक्ने अनुमान छ।

रातिको समयमा हिमाली भूभागका एक–दुई स्थानमा चट्याङसहित हल्का वर्षा तथा हिमपातको सम्भावना छ। कर्णाली र सुदूरपश्चिमका पहाडी भूभागका थोरै स्थान तथा कोशी, बागमती, गण्डकी र लुम्बिनीका पहाडी भूभागका एक–दुई स्थानमा चट्याङसहित मध्यम वर्षा हुन सक्ने जनाइएको छ। तराईका एक–दुई स्थानमा पनि चट्याङसहित मध्यम वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन महाशाखाले आग्रह गरेको छ।

Dhnagadhi & Krishanapur