कैलालीका डा. चेतराज पाण्डेले पाए नासाको ३६ लाख डलरको अनुसन्धान परियोजनाको नेतृत्व गर्ने अवसर

Image
Nisarga Hospital

कैलालीको टीकापुरका युवा प्राध्यापक डा. चेतराज पाण्डेले अमेरिकी अन्तरिक्ष अनुसन्धान संस्था नासा (NASA) को अनुसन्धान परियोजनामा नेतृत्व गर्ने महत्वपूर्ण अवसर प्राप्त गरेका छन्।

CP Hospital Dhangadhi

टीकापुर नगरपालिका–१ निवासी पाण्डे अमेरिकाको टेक्सस क्रिश्चियन युनिभर्सिटीमा कम्प्युटर साइन्स विभागअन्तर्गत आर्टिफिसियल इन्टेलिजेन्स (एआई) तथा मेसिन लर्निङ विषयका सहप्राध्यापकका रूपमा कार्यरत छन्। उनले सन् २०२५ अगस्टदेखि उक्त विश्वविद्यालयमा काम गर्दै आएका छन्।

नासाले विश्वविद्यालयलाई ‘डार्क स्काइज टु डीप टाइम’ नामक अनुसन्धान परियोजनाका लागि ३६ लाख अमेरिकी डलर प्रदान गरेको हो। उक्त परियोजनामा डा. पाण्डे सह–प्रमुख अनुसन्धानकर्ता (को–प्रिन्सिपल इनभेस्टिगेटर) का रूपमा रहनेछन्। परियोजनाको नेतृत्व भने डा. रियान्नोन मेनीले गर्नेछन्।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

छ वर्षअघि विद्यार्थी भिसामा उच्च शिक्षा अध्ययनका लागि अमेरिका पुगेका पाण्डेले पूर्ण छात्रवृत्तिमा जर्जिया स्टेट युनिभर्सिटीबाट कम्प्युटर साइन्समा स्नातकोत्तर र सन् २०२५ मै विद्यावारिधि पूरा गरेका हुन्।

सहप्राध्यापकका रूपमा काम सुरु गरेको पहिलो वर्षमै नासाको अनुसन्धान परियोजनामा महत्वपूर्ण जिम्मेवारी पाउनुलाई उनले आफ्नो शैक्षिक तथा अनुसन्धान यात्राको ठूलो उपलब्धिका रूपमा लिएका छन्।

Dhnagadhi & Krishanapur