एनपीएलमा कर्णाली याक्सको पहिलो जित, जनकपुर १९ रनले पराजित

Image
Nisarga Hospital

अत्तरिया : नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणमा कर्णाली याक्सले पहिलो जित दर्ता गरेको छ। मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा कर्णालीले जनकपुर बोल्ट्सलाई १९ रनले पराजित गरेको हो।

CP Hospital Dhangadhi

टस हारेर पहिले ब्याटिङ गरेको कर्णालीले निर्धारित २० ओभरमा ९ विकेट गुमाउँदै १३२ रन बनाएको थियो। १३३ रनको लक्ष्य पछ्याएको जनकपुर १९.३ ओभरमा ११३ रनमै समेटियो।

जनकपुरका लागि अभिषेक तिवारीले १७ बलमा दुई छक्कासहित सर्वाधिक २० रन बनाए। कप्तान हरमित सिंह र मोइन अलीले समान १९ रन जोड्दा जिमी निशमले १५ तथा मयन यादवले १४ रन बनाए।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

कर्णालीको जितमा युनिश विक्रम सिंह र हुसैन तलातले समान तीन विकेट लिए। नन्दन यादवले दुई तथा सोमपाल कामीले एक विकेट हात पारे।

यसअघि कर्णालीका आरिफुल इस्लामले २९ बलमा चार छक्कासहित ४३ रन बनाएका थिए। पवन सर्राफले ३७ बलमा तीन छक्काको मद्दतले ३७ रन जोड्दै टोलीलाई सम्मानजनक योगफलसम्म पुर्‍याए। जनकपुरका कप्तान हरमित सिंहले तीन विकेट लिँदा मोइन अली र राहुल यादवले समान दुई विकेट लिए।

मंगलबारकै पहिलो खेलमा चितवन राइनोजले विराटनगर किंग्सलाई आठ रनले हराएको थियो। बुधबार पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुनेछ।

Dhnagadhi & Krishanapur