दुर्गालक्ष्मी नमुना माविको प्रदेशस्तरीय छात्र तथा नगरस्तरीय छात्रा भलिबल प्रतियोगिता पुसमा हुने

Image
Nisarga Hospital

अत्तरिया: कैलालीको अत्तरियास्थित दुर्गालक्ष्मी नमुना माध्यमिक विद्यालयले आयोजना गर्ने प्रदेशस्तरीय छात्र तथा नगरस्तरीय छात्रा भलिबल प्रतियोगिताको मिति सारिएको छ।

CP Hospital Dhangadhi

विद्यालयले बुधबार सूचना जारी गर्दै प्रतिकूल मौसम र तिहार पर्व नजिकिएका कारण कार्तिक १४ गतेदेखि सञ्चालन गर्ने भनिएको प्रतियोगिता स्थगित गरिएको जनाएको छ।

विद्यालय व्यवस्थापन समितिको निर्णयअनुसार अब प्रतियोगिता २०८३ साल पुस १७ देखि १९ गतेसम्म सञ्चालन हुनेछ। प्रतियोगितामा कक्षा १२ सम्म अध्ययनरत १९ वर्षमुनिका विद्यार्थी खेलाडीले सहभागिता जनाउन पाउनेछन्। सहभागी हुन इच्छुक टोलीले मंसिर ३ गतेसम्म नाम दर्ता गराइसक्नुपर्ने विद्यालयले जनाएको छ।

nawajiwan
pk & Lotus
Nain Karki & Hem prakash
api saipal & Prativa

विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिदत्त भट्टराईका अनुसार विद्यार्थीबीच सहकार्य र आपसी सम्बन्ध विस्तार, शारीरिक तथा मानसिक विकास र खेल प्रतिभा प्रस्फुटन गराउने उद्देश्यले प्रतियोगिता आयोजना गर्न लागिएको हो।

उनले खेलकुदका माध्यमबाट विद्यार्थीलाई कुलतबाट टाढा राख्न तथा अनुशासित र स्वस्थ जीवनशैली अपनाउन प्रेरित गर्न पनि प्रतियोगिताले सहयोग पुर्‍याउने विश्वास व्यक्त गरे।

प्रतियोगितामा सहभागी टोलीका खेलाडीहरूको बसोबासको व्यवस्था विद्यालयमै गरिने जनाइएको छ। विद्यालयले प्रतियोगितामार्फत विद्यार्थीमा खेलकुदप्रतिको रुचि बढाउनुका साथै स्थानीय तथा प्रदेशस्तरमा प्रतिभावान् खेलाडी पहिचान गर्न सहयोग पुग्ने अपेक्षा गरेको छ।

Dhnagadhi & Krishanapur